मिति : २०८२ वैशाख ६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 499 - 504 of 22517
फिल्मीखबर, काठमाडौं, २०८१ पौष ४, बिहिवार

गायन हुँदै अभिनयमा होमिएका प्रकाश सपूतले आफ्नो पहिलो निर्देशकीय फिल्म ‘वसन्त’को छायांकन सकाएका छन् । बुधबार काठमाडौंको ठमेलमा अन्तिम दृश्य खिच्दै फिल्म प्याकअप भएको हो । काठमाडौंसहित बाग्लुङ, वीरगञ्ज, हेटौंडा र पथलैयामा ३८ दिन फिल्मको छायांकन भएको जनाइएको छ । फिल्मको धेरैजसो छायांकन प्रकाशकै गृहजिल्ला बाग्लुङ क्षेत्रमा भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष ४, बिहिवार

बाल विवाह तथा महिला हिंसाविरुद्धको कथावस्तुमा आधारित भएर बनेको फिल्म ‘जुना’ आगामी माघ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । बुधबार काठमाडौं र मोफसलका लागि वितरकको टुंगो लगाउँदै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । अब माघ २५ गते ‘जुना’को बक्स अफिसमा अभिनेत्री प्रियंका कार्की अभिनीत फिल्म ‘ममी’सँग भिडन्त हुनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष ४, बिहिवार

अभिनेत्री नन्दिता केसी आमा बनेकी छन् । गत वर्ष डा. अरविन्द्र कटवालसँग विवाह बन्धनमा बाँधिएकी उनले पहिलो सन्तानको रुपमा बुधबार छोरालाई जन्म दिएकी हुन् । उनले सामाजिक सञ्जालमा एक पोस्टमार्फत् सन्तान प्राप्तिको खुसी साटेकी छन् । उनलाई श्वेता खड्का, यूना उप्रेती, उषा पौडेल लगायतका कलाकारहरुले बधाई दिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष ३, बुधवार

आरएल लामा मोक्तानको लेखन तथा निर्देशनमा फिल्म ‘चिट्ठा’ बन्ने भएको छ । यही पुष दोस्रो साताबाट छायांकनको तयारी गरिएको फिल्ममा अभिनेता धीरेन शाक्य मुख्य भूमिकामा देखिने भएका छन् । उनीसहित भोलाराज सापकोटा, अर्जुन गुरुङ (भँगेरी डन), निमा लामा र रसिला कार्कीको पनि फिल्ममा अभिनय रहनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष ३, बुधवार

विश्वकै प्रतिष्ठित अवार्ड मानिने ओस्कारमा यसपटक पनि नेपाली फिल्म छनोट हुन असफल भएको छ । ९७औं ओस्कार अवार्डका लागि मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ नेपालबाट अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस भएको थियो । बुधबार ओस्कार आयोजक संस्था एकेडेमी अफ पिक्चर आर्ट्स एन्ड साइन्सेसले सार्वजनिक गरेको १५ फिल्मको सर्टलिस्टमा ‘शाम्बाला’ पर्न सकेन ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष ३, बुधवार

आगामी फागुन महिनामा फिल्म रिलिजको चाप देखिने भएको छ । आधा दर्जनभन्दा बढी फिल्म यही महिना रिलिजको तयारीमा छन् । यसैबीच, भ्यालेनटाइन डेको अवसर पारेर फागुन २ गते फिल्म ‘रंगी’ प्रदर्शनमा आउने भएको छ । बुधबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । यो मितिमा अर्को फिल्म ‘दुःखी आत्मा’ पनि प्रदर्शनको तयारीमा छ ।

Results : 499 - 504 of 22517