मिति : २०८२ वैशाख ६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 505 - 510 of 22517
एजेन्सी, काठमाडौं, २०८१ पौष २, मंगलवार

भारतीय बक्स अफिसमा ‘पुष्पा २’को गति अझै मत्थर हुने छाँटकाँट देखिँदैन । दोस्रो हप्तामा पनि व्यापारिक रफ्तार निकै बलियो छ । फिल्मको व्यापार हिन्दी भर्सनमा मात्र ६ सय करोड पुग्न लागेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले दोस्रो हप्ताको सोमबारसम्म हिन्दी भर्सनमा ५८८ करोड कमाएको छ । दोस्रो सोमबार फिल्मको कमाइ २० करोड ५० लाख रह्यो ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष २, मंगलवार

अन्तरजातीय प्रेमकथामा आधारित भएर बन्न लागेको फिल्म ‘सोल्टिनी’मा कलाकारको लाइनअप बलियो बनेको छ । केही दिनअघि अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बू मुख्य भूमिकामा रहने जानकारी गराउँदै फिल्मको घोषणा गरिएको थियो । त्यसपछि कलाकार विल्सन विक्रम राई भित्रिए । अब थप नाम चलेका कलाकारहरु फिल्ममा जोडिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष २, मंगलवार

हास्य कलाकारद्वय केदार घिमिरे र जितु नेपाल कुनै बेला एकै रथका दुई पाङ्ग्राजस्तै थिए । ‘गीताञ्जली’ सिरियलबाट उनीहरुको सहकार्य सुरु भएको थियो । पछि दुवैले अलग-अलग सिरियलमा काम गरे । जब टेलिभिजनको क्रेज खस्कियो, त्यसपछि दीपक-दीपासँग मिलेर उनीहरुले फिल्ममा वर्षौं सहकार्य गरे । यतिबेला भने उनीहरुले आ-आफ्नै हिसाबले काम गर्दै आइरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष १, सोमवार

भ्यालेनटाइन डेको दिन पारेर आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुःखी आत्मा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक तीनवटा पोस्टरले पात्रहरुको मुड दर्शाउँछ । एउटा पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा रोमान्टिक देखिएका छन् । जसमा दयाहाङले आँचलको निधारमा चुमेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष १, सोमवार

यही पुष ५ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बम बहादुर’मा अभिनेता सौगात मल्लले विद्रोही भूमिकामा निर्वाह गरेका छन् । केही दिनअघि सार्वजनिक ट्रेलरले पनि उनको चरित्रबारे प्रकाश पार्छ । फिल्मको कथा आफैंले भोगेको जस्तो महसुस भएपछि उनी काम गर्न तयार भएका रहेछन् । र, दर्शकलाई पनि यही महसुस हुने उनको विश्वास छ ।

Results : 505 - 510 of 22517