मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 517 - 522 of 22517
फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २९, शनिवार

यसपालिको फूलपातीमा रिलिज भएको ‘ज्वाइँ साब’का निर्देशक वसन्त निरौलाले अब ‘दशमी’ शीर्षकमा नयाँ फिल्म बनाउने भएका छन् । शनिबार भक्तपुरस्थित सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो । आगामी दशैंको फूलपातीलाई प्रदर्शन मिति पनि घोषणा गरिएको छ । योसँगै दशैंमा रिलिज हुने फिल्मको संख्या आधा दर्जन नाघेको छ ।

एजेन्सी, , २०८१ मंसिर २८, शुक्रवार

साउथका अभिनेता अल्लू अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ । उनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २: द रूल’को प्रिमियर शोमा भएको दर्दनाक घटनापछि यो कदम चालिएको भारतीय मिडियाहरूले बताएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २७, बिहिवार

अभिनेत्री वर्षा सिवाकोटीका लागि यस वर्ष सुखद् नै देखिएको छ । गत साउनमा आएको फिल्म ‘मोदीबेनी’ असफल भए पनि दशैंमा रिलिज भएको उनको फिल्म ‘छक्का पञ्जा ५’ ब्लकबस्टर सावित भयो । फिल्म सफल हुँदा त्यसको जस उनले पनि पाइन् । यसपछि उनलाई फिल्म अफरको चाप बढेको छ । यसैबीच, उनले नयाँ फिल्म ‘माग्ने राजा’ सम्झौता गरेकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २७, बिहिवार

अभिनय विधामा आधारित भएर सुरु हुन लागेको रियालिटी शो ‘एक्टिङ स्टार’मा तीनजना निर्णायक रहने भएका छन् । बुधबार शोको निर्माण कम्पनी महक मिडिया नेटवर्कले एक पोस्टर सार्वजनिक गर्दै अभिनेता तथा निर्देशक नीर शाह, रंगकर्मी तथा फिल्म निर्देशक अनुप बराल र अभिनेत्री ऋचा शर्मा निर्णायक (जज) रहने जानकारी गराएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २७, बिहिवार

भारतलाई विश्वको ठूलो फिल्म बजार मानिन्छ । घरेलु र हलिउड फिल्महरुले वर्षेनि भारतमा अर्बौंको व्यापार गर्दै आइरहेका छन् । सन् २०१७ मा ‘बाहुबली २’ले मात्र भारतमा एक हजार करोड कमाएको थियो । ‘अवतार’, ‘एभेन्जर्स इन्ड गेम’ जस्ता हलिउड फिल्मले पनि भारतमा ४ सय करोडमाथि कमाएका थिए । यसले पनि भारतीय बजारको आयतन कति ठूलो छ भन्ने देखाउँछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २७, बिहिवार
Results : 517 - 522 of 22517