
घरेलु बक्स अफिसमा कीर्तिमानी व्यापार गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ एकपछि अर्को विवादको चंगुलमा फसिरहेको छ । कहिले कथा चोरीको आरोप लाग्छ । कहिले निर्माताले शोमा विभेद भएको भन्दै फिल्मको रिलिज नै रोक्ने घोषणा गर्छन् । यो निर्णयका कारण ‘सारङ्गी’ निर्माण कम्पनीको कुनै पनि फिल्म अब प्रदर्शकले हलमा नचलाउने घोषणा गरेका छन् ।


आगामी पुष ५ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बम बहादुर’को भारतस्थित दार्जिलिङ शहरमा प्रिमियर गरिएको छ । आइतबार दार्जिलिङको गोर्खा रंगमञ्चमा भएको प्रिमियरमा फिल्मले अब्बल प्रतिक्रिया प्राप्त गरेको निर्देशक जोन राईले बताए । फिल्म हेरेका कतिपय दर्शकले आफ्नै भोगाइ र संघर्ष पर्दामा आएकोमा खुसी व्यक्त गरेका थिए ।

नेपाली साहित्यमा अग्लो नाम बनाएका कवि श्रवण मुकारुङका कविता एकपटक फेरि फिल्ममा सुन्न पाइने भएको छ । आगामी फागुन २ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुःखी आत्मा’मा उनले लेखेका १० वटा कविता समावेश गरिएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिए । यसअघि फिल्म ‘डिग्री माइला’मा पनि मुकारुङका केही कविता प्रयोग गरिएको थियो ।

राम्रो वाक कला भएका अभिनेता हुन्, प्रदीप खड्का । उनी जुनसुकै विषयमा तर्कसहित आफ्नो धारणा राख्न माहिर छन् । तर, कहिले काहीँ उनका अभिव्यक्ति उनकै लागि टाउको दुखाइको विषय बनिरहेको हुन्छ । कहिले फेसबुकमा लेखेको स्टाटस त कहिले विभिन्न कार्यक्रममा बोलेका कुराले धेरैपटक उनको आलोचना भएको छ । आइतबार एक कार्यक्रममा उनले दिएको अभिव्यक्ति पनि यतिबेला चर्चाको विषय बनेको छ ।

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले व्यापार र विवाद दुवैमा कीर्तिमानी बनाइरहेको छ । कथा चोरीको आरोपमा फिल्मविरुद्ध नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा निवेदन समेत दर्ता भइसकेको छ । यतिबेला फिल्मको प्रदर्शनलाई लिएर अर्को विवाद चुलिएको छ । फिल्मका निर्माताले शोमा विभेद भएको भन्दै सोमबार (आज)बाट प्रदर्शन स्थगन गर्ने घोषणा गरेका थिए ।