मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 535 - 540 of 22517
फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २३, आईतवार

गत वर्षदेखि सुरु भएको ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (किफ)को दोस्रो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच फागुन २४ गतेदेखि महोत्सव सुरु हुने जानकारी गराइयो । रेड चेरी मिडियाको आयोजनामा हुन लागेको महोत्सवको नारा ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ राखिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २३, आईतवार

पछिल्लो समय एकपछि अर्का निर्माताले शोमा असन्तुष्टि जनाउँदै हलमा चलिरहेको फिल्म उतार्ने निर्णय लिइरहेका छन् । शो बाँडफाँटमा अन्याय भएको भन्दै २०७९ सालमा फिल्म ‘राधा’को प्रदर्शन स्थगन गरिएको थियो । यही दशैंको घटस्थापनामा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’को पनि दुई हप्ता पुगेपछि पर्याप्त शो नपाएको भन्दै निर्माताले रिलिज स्थगन गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २३, आईतवार

बिहीबारबाट प्रदर्शनमा आएको साउथ फिल्म ‘पुष्पा २’मा एउटा संवाद छ, ‘फायर होइन, वाईल्ड फायर’ । यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ । ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्मको शुक्रबार र शनिबार पनि उस्तै बुलन्द कमाइ रह्यो । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले तीन दिनमा हिन्दी भर्सनमा २०५ करोड कमाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २३, आईतवार

कुनै समयका सफल निर्देशक शोभित बस्नेतले ३ वर्षपछि फिल्म निर्देशनमा पुनरागमन गर्ने भएका छन् । आइतबार उनको निर्देशनमा बन्न लागेको ३२औं फिल्म ‘पीआर’को निर्माण घोषणा गरियो । उनले पछिल्लो पटक ‘डाँडाको वरपीपल’ निर्देशन गरेका थिए, जुन २०७८ सालमा प्रदर्शन भएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २२, शनिवार

बिहीबारबाट प्रदर्शनमा आएको साउथ फिल्म ‘पुष्पा २’ले भारतसँगै नेपालको बक्स अफिसमा समेत सुनामी ल्याएको छ । पहिलो दिन नै आक्रामक व्यापार गरेको फिल्मको शनिबार देशभर टिकटको हाहाकार देखिएको छ । फिल्मप्रति दर्शकको क्रेजलाई मध्यनजर गर्दै हलहरुले भएभरको शो उपलब्ध गराएका छन् । जसले गर्दा प्रदर्शनरत नेपाली फिल्म न्यून शोमा खुम्चिएका छन् ।

Results : 535 - 540 of 22517