
गत वर्षको ब्लकबस्टर फिल्म ‘टुवेल्थ फेल’मा गरेको जीवन्त अभिनयका कारण चर्चामा आएका अभिनेता विक्रान्त मेसीले आफ्ना प्रशंसकलाई निराश तुल्याउने एउटा निर्णय गरेका छन् । अब उनले अभिनयबाट विश्राम लिने भएका छन् । आइतबार मध्यरातमा इन्स्टाग्राममा एक पोस्ट गर्दै उनले २०२५ मा अन्तिमपटक फिल्ममार्फत् दर्शकसँग भेट्ने जनाएका छन् ।

नेपाली फिल्ममा अभिनेता दीलिप रायमाझीले गर्विलो पहिचान बनाएका छन् । कुनै बेला करिअरको उत्कर्षमा रहेका उनले २ सय बढी फिल्ममा काम गरिसकेका छन् । अमेरिकामा बस्दा समेत उनले अभिनयलाई निरन्तरता दिए । पछिल्लो समय भने उनको बसाइँ नेपालमै बढी छ । यसैले अचेल उनी छायांकनमा व्यस्त देखिन्छन् । यसै साता उनले नयाँ फिल्म ‘रंगी’को छायांकन सकाए ।

भारतमा यस वर्षको ठूलो रिलिज मानिएको अभिनेता अल्लू अर्जुन अभिनीत साउथ फिल्म ‘पुष्पा २ : द रूल’ले अबको चार दिनमा बक्स अफिसमा आफ्नो राज सुरु गर्दैछ । ‘स्योर सट’ ब्लकबस्टर मानिएको फिल्मको क्रेजलाई मध्यनजर गर्दै शनिबारबाट भारतमा हिन्दी र अन्य भाषामा एड्भान्स बुकिङ खुला भइसकेको छ । र, २४ घण्टामै ठूलो मात्रामा टिकट बिक्री भएको छ ।

फिल्म ‘लक्का जवान’पछि पुनः सहकार्य गरेका अभिनेताद्वय दीलिप रायमाझी र सलोन बस्नेतले फिल्म ‘रंगी’को छायांकन सकाएका छन् । छायांकन सुरु भएको २६औं दिनमा फिल्म ‘प्याकअप’ भएको हो । एक महिनाको सेड्युल राखिएको भए पनि निर्धारित समयभन्दा ४ दिनअघि नै फिल्मको छायांकन पूरा भएको निर्देशक सुरेश न्यौपानेले बताए ।

