
ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी परेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले यही मंसिर ५ गते नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गरेका हुन् । फिल्ममा ‘लाज’को कथासार र केही प्लट तोडमोड गरी नियतबस चोरी गरिएको उजुरीमा उल्लेख छ ।

अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘ऊनको स्वीटर’ आगामी बैशाख २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार एक क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन मिति घोषणा गरेका हुन् ।

अभिनेता सौगात मल्लको शीर्ष भूमिका रहेको फिल्म ‘बम बहादुर’ अब आगामी पुष ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । पुष १० गते परेको इसाई समुदायको मुख्य चाड क्रिसमस डेको विदालाई लक्षित गरेर फिल्मलाई प्रदर्शन गर्न लागिएको हो । नेपाल र भारतमा फिल्म एकसाथ रिलिज हुनेछ । यसअघि गत कात्तिक ३० गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो ।

गायन, डान्सिङ र कमेडी रियालिटी शोको जगजगी रहेको समयमा अब अभिनय विधामा आधारित रहेर नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’ आउने भएको छ । यसका लागि केही महिनाअघि डिजिटल अडिसनको आह्वान गरिएको थियो । अहिलेसम्म ५०० बढीले भिडियोसहित आवेदन दिइसकेको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

अभिनेता पल शाहले एक गम्भीर घटनाका कारण एक वर्ष जेल जीवन विताएपछि लगातार केही फिल्म सम्झौता गरे । त्यसमध्ये एक थियो, ‘कल्ली’ । उनको फोटोसुट गरेर क्यारेक्टर पोस्टरसहित गत साउनमा फिल्मको घोषणा गरिएको थियो । तर, गत भदौमा आएको ‘रावायण’ असफल भएपछि उनलाई रातारात ‘कल्ली’बाट हटाइयो । र, उनको ठाउँमा सौगात मल्ल भित्रिए ।

विभिन्न कालखण्डमा एकाध कलाकारको जोडी नेपाली फिल्ममा निरन्तर दोहोरिरहेको पाइन्छ । यसमा दुईवटा पक्षले ठूलो भूमिका खेलेको हुन्छ । पहिलो, फिल्मको व्यावसायिक सफलता । एउटा फिल्म सफल भयो भने त्यसका शीर्ष अभिनेता र अभिनेत्रीलाई एकपछि अर्को फिल्ममा दोहोर्याइन्छ । दोस्रो, दर्शकले जोडी रुचाएको खण्डमा पनि सहकार्यले निरन्तरता पाउँछ ।