
‘पूर्ण बहादुरको सारङ्गी’को दबदबाबीच गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ पनि व्यापारमा कमजोर देखिएको छैन । पहिलो हप्ताको प्रदर्शन उत्साहप्रद रह्यो । कम शोका बाबजुद पनि बुधबारसम्म फिल्मले ५ करोड कमाइसकेको छ । अब दोस्रो हप्ताको ‘पफर्मेन्स’ले हिट र फ्लप निर्क्यौल गर्नेछ । ६ करोडमा बनेको फिल्मले हिटका लागि १२ करोड कमाउनुपर्ने हुन्छ ।

चार हप्तादेखि फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ हलमा दर्शकको गुरुत्वाकर्षण बनेको छ । हप्ता बढे पनि दर्शक घटेका छैनन् । अझै पनि अकुपेन्सी दर उतिक्कै बलियो छ । यो फिल्मको दबदबाबीच गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’ले पनि पहिलो हप्ता बक्स अफिसमा राम्रो उपस्थिति जनायो । आज शुक्रबारबाट हलमा थप दुई फिल्म थपिएका छन्, ‘तेल भिसा’ र ‘अग्निदहन’ ।

२०६६ सालमा आएको फिल्म ‘सिलसिला’ले ठूलो व्यावसायिक सफलता हासिल गरेको थियो । केही हलमा ८६ दिन त केहीमा १ सय २५ दिनसम्म फिल्म चलेको थियो । र, यसमा समावेश ‘सागरसरी चोखो माया’ बोलको गीत उतिक्कै लोकप्रिय बनेको थियो । अब एकपटक फेरि ‘सिलसिला’ शीर्षकमा फिल्म निर्माण हुने भएको छ । नरेश पौडेलको निर्देशनमा फिल्म बन्न लागेको हो ।

बोक्सी कुप्रथाविरुद्धको कथामा आधारित भएर बनेको फिल्म ‘अग्निदहन’ भोलि शुक्रबार (मंसिर ७ गते)बाट प्रदर्शनमा आउँदैछ । प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा फिल्मको प्रिमियर राखिएको थियो । सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा आयोजित प्रिमियरमा फिल्मले उठाएको कथावस्तुको सबैभन्दा बढी प्रशंसा भयो ।

तिहारको लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को अझै पनि हलमा पकड कमजोर बनेको छैन । कामकाजी दिनमा समेत ७० प्रतिशतसम्म अकुपेन्सी हासिल गरिरहेको छ । यसैले शो पनि धेरैजसो यसैको कब्जामा छ । गत साता प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’ले पनि राम्रो व्यापार गरिरहेको छ । यो अवस्थामा भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तेल भिसा’ले पर्याप्त शो पाउनेमा धेरैको आशंका थियो ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनका लागि यतिबेला भारतीय कलाकार प्रदीप रावत (गजनी भिलेन) नेपालमा छन् । आइतबार श्रीमती कल्याणीको साथमा नेपाल आएका उनले सोमबार र मंगलबार काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरे । बुधबार उनी फिल्मको टिमसँग नेपालगञ्ज पुगेका छन् । उनी त्यहीँबाट स्वदेश फर्किने जनाइएको छ ।