मिति : २०८१ कार्त्तिक ३०, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

दर्शकले रुचाए ‘जाइरा’ को सिक्वेल बन्छ : निर्देशक श्रेष्ठ

फिल्मीखबर, काठमाण्डौ, 2019/08/23
भर्सटायल अभिनेत्री नम्रता श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्म ‘जाइरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । सोलो रिलिजको दुर्लभ संयोग पाएको यो फिल्मलाई आशुतोष  राज श्रेष्ठले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । फिल्ममा अभिनेत्री नम्रता मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत छिन् । फिल्ममा उनलाई एक्सन अवतारमा देख्न सकिन्छ । पहिलो पटक उनले एक्सन भूमिका गरेकी हुन् । 
 
 
 
 
नम्रतासँगै यस फिल्ममा प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । फिल्ममा नम्रता र अनुप श्रीमान्-श्रीमतीको भूमिकामा देखिएका छन् । भने, प्रमोद नेगेटिभ भूमिकामा छन् । उनी फिल्मका मेरुदण्ड हुन् । उनको भूमिका निकै सशक्त छ । अभिनय पनि जीवन्त पस्किएका छन् । 
 
शुक्रबार बिहान राजधानीको लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा ‘जाइरा’ का कलाकार, निर्माता र निर्देशकले सञ्चारकर्मीसँग बसेर फिल्म हेरे । स्पेशल शोमा केही फिल्मकर्मीहरु पनि उपस्थित थिए । फिल्मलाई सञ्चारकर्मीबाट मिश्रित प्रतिक्रिया मिलेको छ । अभिनेत्री नम्रताले सञ्चारकर्मी र फिल्मकर्मीबाट पाएको प्रतिक्रियाले उत्साहित बनाएको बताइन् । उनी दर्शकलाई पनि फिल्म मन पर्नेमा विश्वस्त देखिइन् । 
 
 
 
 
१ घण्टा ३५ मिनेट लम्बाईको फिल्मले सिक्वेलका लागि ठाउँ बाँकी राख्दै विट मारेको छ । फिल्मको अन्तिममा ‘टु वि कन्टिन्यू’ भनेर लेखिएको छ । ‘के फिल्मको सिक्वेल बन्छ ?’ सञ्चारकर्मीको प्रश्नमा निर्देशक श्रेष्ठले भने- ‘सिक्वेल बन्ने वा नबन्ने भन्ने कुरा दर्शकमा निर्भर छ । दर्शकबाट राम्रो प्रतिक्रिया मिल्यो र फिल्मको व्यापार पनि राम्रो भएको खण्डमा सिक्वेल बन्नेछ । त्यसका लागि हामीले स्क्रिप्ट पनि मोटामोटी तयार गरिसकेका छौं ।’
 
प्रशन्न गोपाली निर्मित फिल्ममा अभिनेत्री नम्रताले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकालाई जीवन्त अभिनयमा ढाल्न कुनै कसर छाडेकी छैनन् । अनुप, रेमन, श्रृजना, सुजता र सम्राटको अभिनय पनि चित्तबुझ्दो छ । फिल्मको कमजोर पक्ष भनेको छायांकन हो । बाबु श्रेष्ठले फिल्मको भाव अनुकुल दृश्य कैद गर्न सकेका छैनन् । फिल्मको भिएफएक्स पार्ट पनि टिठलाग्दो छ । सम्राट बस्नेतको द्वन्द्व निर्देशन भने प्रशंसनिय छ । 
 
 
 
 
तश्विर : विवेक बस्याल
Most Visited News (monthly)