मिति : २०८१ कार्त्तिक ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सविनको ‘सूर्य किरण’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2019/12/04
 
अभिनेता सविन श्रेष्ठले आफ्नो राम्रो माग भएको बेला संख्यात्मक रुपमा बग्रेल्ती फिल्म गरे । जुन फिल्म अहिले भकाभक प्रदर्शन भैरहेका छन् । तर, कुनैले बक्सअफिसमा कमाल देखाउन सकेका छैनन् । यसबीच, उनी अभिनीत नयाँ फिल्म ‘सूर्य किरण’ यही मंसिर २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । 
 
अमिर दोङको डेब्यू निर्देशनमा बनेको यस फिल्ममा अभिनेता सविन केन्द्रिय भूमिकामा छन् । मेलिना चेपाङ, रञ्जित तामाङ्ग, कुइसाङ रुम्बा, मञ्जु श्रेष्ठलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । ‘सूर्य किरण’ मा अभिनेत्री केकी अधिकारी र निर्देशक अमिर दोङ अतिथी भूमिकामा प्रस्तुत छन् । सार्वजनिक पोस्टरमा उनीहरुलाई पनि स्थान दिइएको छ । 
 
तामाङ सुपरस्टार डम्फु मिडिया प्रा.लि.को ब्यानरमा अमृत चेपाङले फिल्मको निर्माण गरेका हुन् । फिल्मको कथा तथा पटकथा लेखन ऋतुराज पाख्रिनले गरेका हुन् । फिल्ममा अर्जुन थापाको सम्पादन, अभिषेक माझी/विक्रम मोक्तानको छायांकन, विशाल काल्ताङ/जोगलाल लामाको संगीत, दीपक तामाङ/अजय स्याङतानको नृत्य र राजु दोङ तामाङको द्वन्द्व छ ।
 
फिल्म ‘अन्दाज’ बाट सुखद डेब्यू गरेका सविनले आफूलाई एक्सन अभिनेताको रुपमा चिनाएका छन् । उनको एक्सनलाई दर्शकले खुबै रुचाउँछन् । तर, संख्यात्मक अभिनयमा जोड दिँदा उनले छोटो समयमै आफ्नो लोभलाग्दो क्रेज ध्वस्त पारे । अहिले उनी र उनका फिल्मप्रति दर्शकमा कुनै चासो नै छैन । आशा गरौं, फिल्म ‘सूर्य किरण’ सविनका लागि सञ्जीवनी बुटी साबित हुनेछ ।
Most Visited News (monthly)