मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गोविन्दा कसरी भए ‘हिरो नम्बर वान’ बाट ‘जिरो’ ?

एजेन्सी, मुम्बई, 2019/12/21
अभिनेता गोविन्दा बलिउडमा एक सुपरस्टारको रुपमा चिनिन्छन्  । आफ्नो समयमा उनले कयौं सुपरहिट फिल्म दिएका छन् । तर, जसरी उनी एकाएक सफलताको शिखरमा पुगे त्यसरी नै ओर्लिए पनि । उनले आफ्नो स्टारडम लामो समयसम्म टिकाइराख्न सकेनन् । अहिले उनी बेरोजगार अभिनेतामा गनिन्छन् । उनलाई फिल्ममा खेलाउन कुनै मेकर तयार छैनन् । 
 
आफ्नै केही गल्तीका कारण गोविन्दाको स्टारडम ध्वस्त भएको बताइन्छ । २१ डिसेम्बर १९६३ मा जन्मिएका उनी शनिबारबाट ५६ वर्षका भएका छन् । रोमान्स, कमेडी, नेगेटिभ हरेक प्रकारको रोल निभाएका उनको पूरा नाम गोविन्द अरुण आहूजा हो । फिल्ममा प्रवेश गरेपछि उनले आफ्नो नाम गोविन्दा राखेका थिए । नाम परिवर्तन गरेपछि उनको भाग्य बदलिएको थियो । 
 
 
उनी अहिले काम विहीन हुनुको कारण फिल्ममा लिड रोल डिमान्ड गर्नुलाई मानिएको छ । उनका समकक्षी अभिनेता द्वय अनिल कपूर र सञ्जय दत्तले सपोर्टिङ रोलमा सफलता हात पारिरहेको अवस्थामा उनी भने लिड रोल भए मात्र काम गर्ने निर्णयमा बसेका छन् । तर, उनलाई लिड रोलमा लिएर फिल्म बनाउन मेकर तयार छैनन् । जसकारण उनको हातमा अहिले फिल्म छैन । 
 
फिल्म करिअरको उत्कर्षमा रहँदा गोविन्दाले राजनीति क्षेत्रमा हात हाल्ने फैसला लिए । कांग्रेस पार्टीको तर्फबाट उनले चुनाव लडे र जिते पनि । तर, राजनीतिमा होमिएपछि उनको फिल्मी करिअर अस्तव्यस्त बन्यो । पछि उनी राजनीति छाडेर फिल्ममा फर्किए । तर, उनको स्टारडम फर्किएन । त्यसयता उनले जति पनि फिल्म काम गरे सबैले बक्सअफिसमा घुँडा टेके ।
 
बलिउडमा गोविन्दा र डेविड धवनको जोडीलाई ‘सर्वश्रेष्ठ एक्टर-डाइरेक्टर’ को रुपमा लिइन्थ्यो । तर, डेविडसँग इगो प्रोब्लमका कारण गोविन्दाको मनमुटाव भयो । जुन उनको करिअरका लागि ठूलो घातक साबित भएको थियो । दुईले एकसाथ २० फिल्ममा काम गरेका थिए । त्यस्तै, सलमान खानसँग पनि सम्बन्ध विग्रिएपछि गोविन्दाको फिल्मी करिअर ध्वस्त भएको बताइन्छ ।