मिति : २०८१ पौष २८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(44 votes, avg 4.55/5.00)
Text size:-
+
-

जन्मथलोको ‘सहारा घर’ लाई पुष्पको सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2020/01/17
अहिलेका चल्तीका अभिनेता पुष्प खड्काले आफ्नो जन्मथलो कैलालीमा रहेको ‘सहारा घर’ लाई व्यक्तिगत रुपमा सहयोग गरेका छन् । बर्दगोरिया माघी मेलामा सहभागी हुन जाने क्रममा उनले अनाथ र असहाय व्यक्तिहरुलाई आश्रय दिँदै आएको ‘सहारा घर’ लाई ५० हजार नगद र केही खाद्यन्न सहयोग गरेका हुन् । अनाथ र असहायलाई सहयोग गर्न पाउँदा उनी खुसी देखिए ।
 
 
मेलाबाट पाएको पारिश्रमिकको केही प्रतिशत ‘सहारा घर’ लाई सहयोग गरेको पुष्प बताउँछन् । उनी भन्छन्, ‘सहारा घरले अनाथ र असहायलाई संरक्षण दिँदै आएको कुरा धेरै अगाडिदेखि सुन्दै आएको थिएँ । पहिल्यैदेखि नै सहयोग गर्न मन भए पनि यसपटक त्यो अवसर जुट्यो । एकदमै खुसी छु ।’ उनी अब आम्दानीको केही प्रतिशत रकम समाजसेवामा पनि खर्च गर्ने बताउँछन् ।
 
पुष्प खड्का पछिल्लो छिमलका व्यस्त अभिनेतामध्ये एक हुन् । फिल्मसँगै म्यूजिक भिडियोमा उनलाई भ्याइनभ्याइ छ । ‘अझै पनि’ बाट सहायक चरित्रमा डेब्यू गरेका उनले ‘दर्पण छाँया २’ बाट लिड रोलमा ब्रेक पाएका थिए । तर, नवल नेपाल निर्देशित फिल्म ‘मंगलम’ उनको करिअरको टर्निङ पोइन्ट सावित भयो । यो फिल्मपछि उनले करिअर फर्किएर हेर्नु परेको छैन । 
 
 
यस वर्ष अभिनेता पुष्पका दुई फिल्म ‘दाल भात तरकारी’ र ‘मारुनी’ प्रदर्शन भए । हालै उनले फिल्म ‘चालबाज’ को छायांकन सकेका छन् । यसमा उनको जोडी अभिनेत्री वर्षा सिवाकोटीसँग बाँधिएको छ । प्राप्त जानकारी अनुसार, उनी चाँडै एक नयाँ फिल्म गर्दैछन् । ‘मारुनी’ रिलिजताका उनले एक फिल्मका लागि ३० लाख पारिश्रमिक मागेको खबरले ठूलै तरंग ल्याएको थियो ।