मिति : २०८१ आश्विन ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रुविना भन्छिन्, ‘फिल्मी दुनियाँमा अटाउन गाह्रो छ’

फिल्मीखबर, काठमाण्डौ, 2020/01/20
नेपाली फिल्ममा नयाँ अनुहारको प्रवेश दिन दुई गुना र रात चौगुनाले बढिरहेको छ । अहिले हरेक हप्ता प्रदर्शन हुने फिल्ममा अभिनेता वा अभिनेत्री नयाँ अनुहार हुने गरेका छन् । तर, सफलता भने एकाधले मात्र हात पारेका छन् । कति फिल्म फ्लप हुँदा पनि अभिनय राम्रो भएका कारण चम्किएका छन् । भने, कति फिल्म हिट भएर पनि अभिनय कमजोर हुँदा गुमनाम छन् ।
 
 
 
यसबीच, आउँदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको लभस्टोरी-कमेडी जनरामा निर्माण भएको फिल्म ‘लभ डायरिज’ बाट रुविना थापाले अभिनयमा डेब्यू गर्दैछिन् । फिल्मको ‘सुन्यौ कि सुनेनौ तिमीले’ र ‘छमछम’ बोलको गीतमा उनको सुन्दरता, हाउभाउ र एक्सप्रेसनलाई दर्शकले रुचाएका छन् । अब, फिल्ममा उनको अभिनय कस्तो भन्ने चासो धेरैमा छ ।
 
यो फिल्ममा रुविनाको जोडी ह्यान्डसम हंक सुशील श्रेष्ठसँग बाँधिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरियो । ट्रेलर सार्वजनिक कार्यक्रममा उनले आफूलाई दर्शकले अभिनेत्रीको रुपमा स्वीकार गर्नेमा आशावादी रहेको बताइन् । आफ्नो भूमिकालाई न्याय गर्न कुनै कसर नछाडेको बताउँदै उनले फिल्म राम्रो बनेको पनि बताइन् । 
 
 
 
डेब्यू फिल्म रिलिज नहुँदै उनले नेपाली फिल्म क्षेत्रमा टिक्न सजिलो नभएको पनि महशुस गरिसकेकी रहेछिन् । उनले कार्यक्रममा भनिन्, ‘मेरो फिल्मी ब्याकग्राउन्ड नभएकाले फिल्ममा प्रवेश गर्न सजिलो थिएन । यो फिल्मबाट अभिनेत्री बन्ने सपना त पूरा भयो तर फिल्मी दुनियाँमा अटाउन गाह्रो छ । यद्यपि, म आफूलाई प्रमाणित गर्नका लागि अभिनयमा मिहिनेत गर्न छाड्ने छैनँ ।’ 
 
सौरभ चौधरी निर्देशित फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । युवा-युवतीबीचको माया-प्रेम र कमेडीलाई फिल्ममा देखाइएको निर्देशक चौधरी बताउँछन् । फिल्म मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको उनको भनाई छ । यो फिल्ममा विनोद सापकोटाको मुख्य लगानी रहेको छ ।
 
 
 
तस्विर : बालकृष्ण