मिति : २०८१ पौष १२, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

४ सय करोडमा ‘रामायण’ बन्ने

एजेन्सी, मुम्बई, 2020/04/04
 
कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन भारत सरकारले २१ दिनका लागि ‘लकडाउन’ गरेको छ । यो समयमा हरेक भारतीय घरको टिभीमा अहिले रामानन्द सागर निर्मित ‘रामायण’ चलिरहेको छ । अब भगवान रामको यो आकर्षणको फाइदा उठाउने तयारी बलिउडले सुरु गरेको छ । ‘रामायण’ नाममा ‘दंगल’ फेम डाइरेक्टर नितेश तिवारीले फिल्म बनाउँदैछन् । 
 
मधु मंतेनासँग मिलेर नितेशले फिल्म बनाउन लागेका हुन् । यो फिल्मको बारेमा पहिल्यैदेखि अपुष्ट खबर बाहिरिएको थियो । तर, अब नितेश स्वयंले दैनिक भास्कारसँग कुराकानी गर्दै ‘रामायण’ नाममा फिल्म बनाउन लागेको जानकारी दिए । उनका अनुसार, फिल्मको बजेट ४ सय करोडभन्दा बढी हुनेछ । यसमा भिएफएक्स र भिजुअल इफेक्टको अत्याधिक प्रयोग हुनेछ । 
 
निर्देशक नितेशले भनेका छन्, ‘रामायणको कयौं भर्सन छ । धेरैमा रावणलाई पापीको रूपमा चित्रण गरिएको छैन, जबकि धेरैमा सीताको दृष्टिकोणबाट फरक कथा छ । हामीले अहिलेसम्म तीन सयभन्दा बढी संस्करणहरू अध्ययन गरिसकेका छौं । हाम्रो टिमले विगत तीन बर्षदेखि यसमा अनुसन्धान गरिरहेका छन् ।’ उनका अनुसार, फिल्ममा रावणतर्फको कथा देखाइनेछ ।
 
यो फिल्मको लेखनको जिम्मेवारी श्रीधर राघवनले लिएका छन् । उनी तीन वर्षदेखि स्क्रिप्ट लेखिरहेका छन् । निर्देशक नितेश थप्छन्, ‘मैले श्रीधरले सजेस्ट गरेका कन्टेन्ट निकै पढेको छु । कति क्रिएटिभ लिबर्टी लिनुपर्छ, त्यो थाहा पाउन मैले वाल्मीकि रामायणका अलावा बाँकी थुप्रै भर्सन पनि पढेको छु । विश्वास छ हामीले बनाउन लागेको भर्सन पनि दर्शकलाई मन पर्नेछ ।’
 
‘रामायण एक जादूयी गाथा हो । यसमा आकार परिवर्तन गर्ने राक्षसहरू छन् । त्यस्ता तीर बाणहरू छन्, जसले आकार परिवर्तन गर्छन् । श्रापको पनि आफ्नै आकार छ । यी सबैलाई हेर्दा, फिल्म दृश्यात्मक ठूलो साबित हुनेछ,’ नितेशले भने । फिल्मका लागि निर्माण टिमले ऋतिक रोशन र दीपिका पादुकोणलाई अफर गरेको छ । उनीहरु फिल्मलाई लिएर सकारात्मक छन् ।
Most Visited News (monthly)