मिति : २०८१ पौष १८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भोकै रहेको पशुपंक्षीलाई वर्षाले बाँडिन् आहारा

फिल्मीखबर, काठमाडौं, 2020/04/12
 
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले तीन हप्ता लामो लकडाउन घोषणा गरेको छ । तेस्रो पटकका लागि बैशाख ३ गतेसम्म लम्ब्याइएको यो अवधि पुनः थप गर्ने तयारीमा सरकार छ । यो समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्कन नपाइने हुँदा मानिसहरुको जनजीवन प्रभावित भएको छ । यसको प्रत्यक्ष असर पशुपंक्षी तथा चराचुरुङ्गीलाई पनि परेको छ । 
 
लकडाउनपछि सार्वजनिक रूपमा रहेका पशुपंक्षी, चराचुरुङ्गीलगायत आहाराको अभावमा मर्ने अवस्थामा पुगेका छन् । यीनीहरुले सामान्य समयमा घुम्न आएका मानिसहरुले दिएको खान्थे । तर, लकडाउनपछि भोकै छन् । यो अवस्थामा विभिन्न व्यक्तिहरुले पशुपंक्षी तथा चराचुरुङ्गीलाई आहाराको व्यवस्था गरिरहेका छन् । यसतर्फ नेपाली सेलिब्रेटीहरु पनि जागरुक हुन थालेका छन् ।
 
अभिनेत्री वर्षा राउतले लकडाउनपछि भोकै रहेका पशुपंक्षीलाई आफ्नै हातले आहारा खुवाएकी छन् । आइतवार विहान उनले काठमाडौँको टेकु हुँदै इन्द्रायणी, शोभाभगवती, बिजेश्वरी, स्वयम्भू, बुढानिलकण्ठ, नक्साल भगवती, कमलपोखरीलगायतका स्थानमा पुगेर बाँदर, कुकुर, गाई, चराचुरुंगी र माछालाई बिस्कुट, चामल, मकै, गहुँ, केरा, पानीलगायतका आहार दिएकी हुन् । 
 
 
केही दिनअघि अभिनेत्री वर्षा सिवाकोटीले पनि सडकमा भोकै रहेका कुकुरहरुलाई खाना खुवाएकी थिइन् भने अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले भोकै रहेको जनावरलाई खानाको व्यवस्थाका लागि एक लाख रुपैयाँ सहयोग गरेका थिए । अभिनेत्री वर्षा राउतले केही दिनअघि फिल्मका प्राविधिकहरुलाई ५१ हजार नगद पनि सहयोग गरेकी थिइन् ।