मिति : २०८१ मंसिर ३०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिश्मा लेख्छिन्, ‘कुलमान घिसिङ फेरि चाहिन्छ’

फिल्मीखबर, काठमाण्डौ, 2020/08/25
 
चार वर्षअघि नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ थियो । २४ घन्टा बिजुली उपलब्ध हुने कुरा सर्वसाधारणका लागि कल्पना जस्तै थियो । तर, २०७३ सालको भदौमा सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मा दिएपछि देश झिलिमिली भयो । वर्षौदेखि अर्बौं घाटामा रहेको प्राधिकरणलाई उनले चार वर्षमा नाफा दिलाएका छन् ।
 
कुलमानको यही भदौ २९ गते चार वर्षे कार्यकाल सकिँदैछ । यतिबेला प्राधिकरणको कार्यकारी निर्देशकको आगामी कार्यकालका लागि आफू अनुकुलका व्यक्ति ल्याउन राजनीतिक तहमा निकै सक्रियता बढेको छ । तर, सामाजिक सञ्जालमा कुलमानलाई पुनः दोहोर्‍याउनु पर्ने आवाज उठिरहेको छ । नेपाली कलाकारहरुले पनि उनलाई दोहोर्‍याउन सरकारसँग माग गरेका छन् । 
 
कुलमानसँग खिचेका दुई तस्बिर फेसबुकमा पोस्ट्याउँदै अभिनेत्री करिश्मा मानन्धरले लेखेकी छन्, ‘थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन्, कुलमान घिसिङ फेरि चाहिन्छ ।’ त्यस्तै, कलाकार हरिवंश आचार्यले उज्यालो ल्याउनेलाई सम्मान गर्न आग्रह गरेका छन् । देशमा अन्धकार ल्याउने धेरै भएको र उनीहरुलाई खोजी-खोजी हटाउनु पर्ने पनि उनको माग छ ।
 
उनी फेसबुकमा लेख्छन्, ‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी-खोजी हटाउनु पर्छ । उज्यालो ल्याउनेलाई  सम्मान गरौं । उहाँको उर्जाले देशको उर्जा बढ्छ ।’ अनुप विक्रम शाही, स्वस्तिमा खड्का, वर्षा राउत, मनिष श्रेष्ठलगायतले पनि प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी पुनः कुलमानलाई दिनुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत् माग गरेका छन् ।
Most Visited News (monthly)