मिति : २०८१ आश्विन २४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रोहित शेट्टी : बक्सअफिसका हिट मेशिन

एजेन्सी, मुम्बई, 2021/11/11
Rohit Shetty Box Office: Top 10 Grossers Of The Director - Where Will  Sooryavanshi Stand Among Them?
 
बलिउडमा निर्देशक रोहित शेट्टीले आफ्नो बलियो साम्राज्य बनाएका छन् । १७ वर्षको उमेरमा फिल्म ‘फूल और काटे’ मा सहायक निर्देशकको रुपमा आफ्नो करिअर सुरु गरेका उनले २००३ मा फिल्म ‘जमीन’ बाट निर्देशकको रुपमा डेब्यू गरेका थिए । तर, पहिलो फिल्मबाट उनले सफलता पाउन सकेनन् । २००६ मा आएको फिल्म ‘गोलमाल’ ले भने उनलाई एकाएक चर्चामा ल्यायो ।
 
२००८ मा ‘सन्डे, २००८ मै ‘गोलमाल रिटन्र्स’, २००९ मा ‘अल द बेस्ट’, २०१० मा ‘गोलमाल ३’, २०११ मा ‘सिंघम’, २०१२ मा ‘बोल बच्चन’, २०१३ मा ‘चेन्नाई एक्सप्रेस’, २०१४ मा ‘सिंघम रिटन्र्स’, २०१५ मा ‘दिलवाले’, २०१७ मा ‘गोलमाल अगेन’, २०१८ मा ‘सिम्बा’ बनाएका रोहितले २०२१ का लागि ‘सूर्यवंशी’ लिएर आएका छन्, जुन हाल प्रदर्शनरत छ । अब उनी ‘सिंघम ३’ को तयारीमा छन् ।
 
उनले निर्देशन गरेका १४ फिल्ममध्ये ९ वटा ससय करोड क्लबमा छन् । ‘गोलमाल ३’ ले १ सय ६ करोड, ‘सिंघम’ ले सय करोड, ‘बोल बच्चन’ ले १ सय २ करोड, ‘चेन्नाई एक्सप्रेस’ ले २ सय २७ करोड, ‘सिंघम रिटन्र्स’ ले १ सय ४० करोड, ‘दिलवाले’ ले १ सय ४८ करोड, ‘गोलमाल अगेन’ ले २ सय ६ करोड, ‘सिम्बा’ ले २ सय ४० करोड र ‘सूर्यवंशी’ ले पाँच दिनमै सय करोड कमाएको छ ।
 
ब्याक टू ब्याक ९ वटा सय करोड कमाउने फिल्म दिएका रोहितलाई ट्रेड एनालिस्ट तरण आदर्शले बक्सअफिसको ‘हिट मेशिन’ भनेका छन् । कमेडी र कप ड्रामामा उनी निकै जमेका छन् । बलिउडमा उनलाई सिक्वेल बनाउने र कार उडाउने निर्देशक भनेर चिनिन्छ । करिअरको सुरुवातमा फाइट मास्टरको रुपमा काम गरेका उनले प्रायः फिल्म अजय देवगनलाई लिएर बनाएका छन् ।