मिति : २०८१ आश्विन २५, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिषेकले यसकारण गरेनन् ‘बन्टी और बबली २’ !

एजेन्सी, मुम्बई, 2021/11/16
abhishek
 
यशराज ब्यानरको नयाँ फिल्म ‘बन्टी और बबली २’ रिलिजको मुखमा छ । जसमा सैफ अली खान र रानी मुखर्जी लिड रोलमा छन् । यो फिल्म २००५ मा आएको ‘बन्टी और बबली’ को सिक्वेल हो । यसमा रानी मुखर्जी र अभिषेक बच्चनको अभिनय थियो । तर, सिक्वेलमा अभिषेकको ठाउँ सैफले लिए । आदित्य चोपडासँगको झगडाले गर्दा फिल्मको सिक्वेलमा अभिषेक नअटेको बताइन्छ ।
 
‘धूम ३’ निर्माणको क्रममा यशराज ब्यानरका प्रमुख तथा निर्माता आदित्य चोपडा र अभिषेकबीच प्रोफेशनल मनमुटाव भएको थियो । जसका कारण ‘बन्टी और बबली २’ मा आदित्यले सैफलाई लिएको भारतीय मिडियाको दाबी छ । आमिर खानका कारण ‘धूम ३’ को स्क्रिप्ट बारम्बार परिवर्तन गर्नु र क्लाइमेक्स पनि विना जानकारी परिवर्तन भएपछि अभिषेकले दृढतापूर्वक विरोध गरेका थिए । 
 
उनले अब ‘धूम’ फ्रेन्चाइज नगर्ने समेत निर्णय लिएका थिए । एक सूत्रले बलिउड हंगामालाई भनेको छ, ‘फिल्म ‘धूम ३’ को क्रममा भएको मनमुटावका कारण अभिषेक र आदित्यबीच कोल्ड वार सुरु भयो । तर, ‘बन्टी और बबली २’ पहिला अभिषेकलाई अफर भएको थियो । तर, उनले अस्वीकार गरे ।’ रोचक कुरा के भने ‘बन्टी और बबली’ पछि रानी र अभिषेकको पनि बोलचाल छैन ।