मिति : २०८१ पौष ११, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बर्मजंगको भिडियो’ नबन्ने, रामबाबुले फिर्ता गरे चेक

फिल्मीखबर, काठमाडौं, 2022/01/10
rambabu gurung and arjun kumar
 
नेपालमा फिल्मको घोषणा हुनुलाई उत्साहजनक रुपमा लिइँदैन । किनभने, घोषणा भएका प्रायः फिल्म त निर्माण नै हुँदैनन् । ठूलो तामझामका साथ घोषणा भएका कति फिल्म निर्माता/निर्देशकको मनमुटावले थन्किएका छन् भने कति आर्थिक कारणले स्क्रिप्टमै रोकिएका उदाहरण छन् । यसैले छायांकन सुरु नभएसम्म घोषणा भएको नेपाली फिल्म निर्माण हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । 
 
फिल्मको घोषणा गर्दै थन्काउने निर्माताको सूचीमा अर्जुन कुमारको नाम पनि अगाडि आउँछ । उनले फिल्म ‘फाटेको जुत्ता’ रिलिज लगत्तै सिक्वेल बनाउने घोषणा गरेका थिए । तर, यो फिल्म घोषणामै सीमित भयो । यसपछि उनले फिल्म ‘बर्मजंगको भिडियो’ को घोषणा गरे । फिल्मको निर्देशन रामबाबु गुरुङले गर्ने पक्का भएको थियो भने बुद्धिसागरले एक वर्ष लगाएर स्क्रिप्ट लेखेका थिए । 
 
चार करोडमा निर्माण हुने बताइएको यो फिल्म अब नबन्ने भएको छ । हालै एक टेलिभिजन कार्यक्रममा निर्माता अर्जुन कुमारले ‘बर्मजंगको भिडियो’ नबन्ने जानकारी दिएका हुन् । फिल्म नबन्ने भएपछि निर्देशक गुरुङले चेक फिर्ता गरेको पनि उनले बताएका छन् । यो फिल्मको घोषणा गर्दा निर्माता कुमारले बुद्धिसागरलाई दश लाख दिएर स्क्रिप्ट लेख्न लगाएको जानकारी दिएका थिए ।
 
अर्जुन फिल्म ‘खोइ ?’ को पनि निर्माणको तयारीमा थिए । तर, यो फिल्म नाम जस्तै भएको छ, बन्ने/नबन्ने कुनै टुंगो छैन । कोरोना महामारीअघि उनले अर्को फिल्मको घोषणा गरे- ‘गोरे सार्की’ । यसलाई उनी आफैंले निर्देशन गर्ने बताएका थिए । तर, यो फिल्म पनि बन्नेमा शंकै छ । धन्न, उनले घोषणा गरेको फिल्म ‘चपली हाइट ३’ भने बनाएका छन्, जुन यही शुक्रवारबाट रिलिज हुँदैछ । 
Most Visited News (monthly)