मिति : २०८१ कार्त्तिक ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नयाँ वर्षमा बिहेको तयारीमा रेखा थापा !

फिल्मीखबर, काठमाडौं, 2022/01/20
Rekha Thapa
 
अभिनेत्री रेखा थापाले करिअरको उत्कर्षमा रहँदा आफूलाई फिल्म ‘हिरो’ बाट ब्रेक दिने निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् । करीब एक दशक उनीहरुले एउटै घरको छतमुनी श्रीमान्-श्रीमतीको रुपमा जीवन विताए । तर, घरायसी र व्यवसायिक कुरामा मतभेद हुन थालेपछि उनीहरुले वैवाहिक जीवन टुंग्याउने निर्णय गरे । त्यसयता रेखाले एक्लो जीवन काट्दै आएकी छन् । 
 
आमाको साथमा मित्रपार्कको एक अपार्टमेन्टमा बस्दै आएकी रेखा पछिल्लो समय अभिनयभन्दा राजनीतिमा बढी सक्रिय छिन् । गत महिना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा महामन्त्री पदमा पराजित भएकी उनी कोरोना महामारीभन्दा अगाडि नयाँ फिल्म निर्माणको तयारीमा थिइन् । तर, संक्रमण निर्मुल नहुँदा उनले फिल्म निर्माण गर्ने हिम्मत गर्न सकेकी छैनन् । 
 
यस्तैमा, यतिबेला उनको विवाहको चर्चा चलिरहेको छ । उनले केही समययता विभिन्न अन्तर्वार्तामा २०७९ सालमा आफूले विवाह गर्ने सोच बनाएको बताउँदै आएकी छन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, उनी आउँदो नयाँ वर्ष (बैशाख) मा विवाह गर्ने तयारीमा छिन् । रेखा थापा केही समयदेखि एक युवकको प्रेममा रहेको र ती युवक विदेशमा बस्दै आएको स्रोतले बताएको छ ।
 
हालै एक टेलिभिजन अन्तर्वार्तामा रेखाले आफ्नो लभ र एरेन्ज दुवै हुनसक्ने बताउँदै तामझामसँग विवाह नगर्ने बताएकी थिइन् । आफू साधारण मानिस भएकाले तामझामसँग विवाह गर्दा विवाह गर्न चाहने युवतीहरुमा नकारात्मक प्रभाव पर्ने हुनाले साधारण तरिकाले बिहे गर्ने उनको भनाई थियो । बुझिए अनुसार, बैशाखको विवाहका लागि रेखाको परिवारले तयारी सुरु गरिसकेको छ ।
Most Visited News (monthly)