मिति : २०८१ माघ २६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘षट्कोण’ले तोक्यो बैशाख २३ लाई रिलिज मिति

फिल्मीखबर, काठमाडौं, 2022/03/29
Shatkon
 
मिलन डि काप्रिको निर्देशनमा तयार भएको फिल्म ‘षट्कोण’को प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी बैशाख २३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले अभिनेता कर्मालाई प्राथमिकतामा राखेर मंगलवार एक पोस्टर सार्वजनिक गरेको छ । बक्सअफिसमा फिल्म ‘लक्का जवान’सँग भिडन्त गर्न लागेको यो फिल्म साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको हो । 
 
कोभिडभन्दा अगाडि नै निर्माण भएको फिल्मको पोष्ट प्रोडक्सनको सम्पूर्ण काम सकेर रिलिज मिति घोषणा गरिएको निर्देशक काप्रिले बताए । फिल्ममा कर्माका अलावा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमलगायतको अभिनय छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् ।
 
क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा आङ्चेन लामाको छायांकन, सागर खनाल र निर्देशक काप्रि स्वयंको सम्पादन छ । फिल्मलाई ‘आरआर फिल्मस्’ले वितरण गर्नेछ । यतिबेला फिल्मको वितरण अधिकार लिने दौडमा यो कम्पनी अगाडि देखिएको छ । यसले ‘लाखे’, ‘कृष्ण लीला’ लगायतका फिल्महरुको वितरण अधिकार लिइसकेको छ ।