मिति : २०८१ भाद्र २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नेपालमा मध्यरातीबाटै देखाईयो 'केजीएफ २'

फिल्मीखबर, काठमाडौं, 2022/04/14
फिल्म रिलीजको इतिहासमा नै पहिलोपटक मध्यराती देखि नै फिल्म देखाईएको छ । काठमाडौंका केहि मल्टिप्लेक्सहरुमा राती ३ बजे देखि नै दक्षिण भारतिय फिल्म 'केजीएफ २' रिलीज गरिएको छ ।
 
दर्शकको डिमान्ड आएको भन्दै कमलपोखरीको बिग मुभिजले ३ बजे नै शो राखेको थियो । उक्त शो बुधवार राती अबेर देखि खुलाईएको भएता पनि दर्शकको चाप थियो । त्यस्तै बिग मुभिजमा नै ४ र ५ बजेको शो समेत राखिएको थियो भने चाबहिलको एफक्यूब सिनेमामा ४ बजे शो राखिएको थियो ।
 
kgf 2 release
 
केजीएफको पहिलो च्याप्टरले छोडेको छापको कारण दोश्रो च्याप्टरले इतिहास कायम गरेको हो । नेपालमा सयौं शोहरु पाएको यो फिल्मले केहि दिनको लागि सबै टिकट बेचिसकेको छ । भारतबाट र नेपालबाट यो फिल्मले 'एक्साईटिङ् रिभ्यु' पाएको छ । भारतिय समिक्षक तरण आदर्शले ४.५ स्टार दिँदै 'ब्लकबस्टर' घोषणा गरेका छन् । तरणका अनुसार यो फिल्म बिश्वव्यापि दश हजार भन्दा बढि पर्दामा रिलीज भएको छ ।
 
कन्नड़ फिल्म इन्डस्ट्रीका 'हाईएस्ट पेड एक्टर' यश, सुनिधि शेट्टीको साथमा बलीउड सुपरस्टार सन्जय दत्त तथा अभिनेत्री रविना टन्डनको प्रमुख अभिनय रहेको 'केजीएफ'का निर्देशक प्रशान्त नील हुन् ।