मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकाको फिल्म फेस्टिभलमा महेश उत्कृष्ट अभिनेताको मनोनयनमा

फिल्मीखबर, काठमाडौं, 2022/04/20
mahesh tripathi
 
अभिनेता महेश त्रिपाठी बुधवारबाट अमेरिकामा सुरु भएको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा फिल्म ‘हल्कारा’बाट उत्कृष्ट अभिनेताको मनोनयनमा पर्न सफल भएका छन् । फेस्टिभलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचना अनुसार, महेशले फेस्टिभलमा उत्कृष्ट अभिनेताको विधामा अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीसँग प्रतिस्पर्धा गर्नेछन् । 
 
उत्कृष्ट अभिनेताको मनोनयनमा परेपछि अभिनेता त्रिपाठीले विश्वको तेस्रो पुरानो फिल्म फेस्टिभलमा नेपालबाट मनोनयनमा पर्नु आफ्नो लागि ठूलो उपलब्धि र खुशीको कुरा रहेको बताए । ‘नोभेम्बर रेन’बाट फिल्म अभिनयमा होमिएका उनले दोस्रो फिल्मको रुपमा ‘हल्कारा’मा काम गरेका थिए । उनी अभिनीत तेस्रो फिल्म ‘चपली हाइट ३’ गत वर्षको पुषमा  प्रदर्शनमा आएको थियो ।
 
अमेरिकाको टेक्सासमा अप्रिल २० देखि २४ सम्म हुने फेस्टिभलमा ‘हल्कारा’ २३ तारिखमा प्रिमियर हुनेछ । महेशसहित बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीको पनि अभिनय रहेको फिल्मलाई विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् । कालीपार स्टुडियो र आइसफल प्रडक्सनले निर्माण गरेको यस फिल्मका निर्माता रामकृष्ण पोखरेल हुन् । 
Most Visited News (monthly)