मिति : २०८१ कार्त्तिक ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘केजीएफ २’को सफलतापछि ‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै

फिल्मीखबर, काठमाण्डौ, 2022/04/24
Pushpa 2: What Happened Inside Bunny's Team Meet? - Movie News
 
साउथ स्टार यश अभिनीत फिल्म ‘केजीएफ २’ले बक्सअफिसमा रेकर्डतोड सफलता हासिल गरेपछि साउथका कयौं फिल्मलाई एकपटक सोच्न बाध्य बनाएको छ । यो फिल्मको सफलताबाट प्रभावित भएर अभिनेता प्रभासको फिल्म ‘सालार’मा आवश्यक परिवर्तन गरिएको छ भने यसको असर अभिनेता अल्लू अर्जुनको फिल्म ‘पुष्पा : द राइज’को दोस्रो भागमा पनि देखिएको छ । 
 
अर्को वर्ष रिलिज गर्ने गरी ‘पुष्पा २’को तीव्र गतिमा काम भइरहेको थियो । तर, अब निर्देशक सुकुमारले फिल्मको स्पीडमा ब्रेक लगाएका छन् । ‘केजीएफ २’को सफलतापछि उनी फिल्मलाई ठूलो स्केलमा बनाउन जुटेका छन् । पहिलो पार्टको एक्सनभन्दा दोस्रो पार्टको एक्सन सिनमा ठूलो परिवर्तन गर्ने उनको तयारी छ । पहिला तयार पारिएको स्क्रिप्टमा पनि केही परिवर्तन गरिनेछ ।
 
सुकुमारले ‘पुष्पा २’ पहिला प्लान गरिएको स्केलभन्दा वृहत् निस्कियोस् भन्ने चाहेका छन् । यसैले उनले फिल्मको छायांकन समेत पछाडि धकलेका छन् । यो दौरानमा निर्देशक सुकुमारले अल्लू अर्जुनलाई नयाँ फिल्ममा काम गर्न अनुमति दिएको बताइएको छ । ‘पुष्पा’ले विश्वभर आक्रामक कमाई गरेको थियो । फिल्मले अल्लू अर्जुन र रश्मिका मन्दानाको स्टारडम उत्कर्षमा पुर्‍याएको छ । 
Most Visited News (monthly)