मिति : २०८१ कार्त्तिक ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बालेनको पक्षमा खुलेका सेलिब्रेटी

फिल्मीखबर, काठमाडौं, 2022/05/01
बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । देशभर राजनीतिक दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि ठूलो छ । तर, यतिबेला सबैको ध्यान देशको राजधानी काठमाडौंले तानेको छ । महानगर हत्याउन दुई ठूला राजनीति दल नेकपा एमालेले मेयरमा केशव स्थापितलाई टिकट दिएको छ भने नेपाली कांग्रेसले सृजना सिंहलाई मेयरको उम्मेदवार बनाएको छ । 
 
काठमाडौंको मेयरमा केशव र सृजनामध्ये एकले जित्ने विश्लेषण भइरहँदा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेन शाहलाई पनि बलियो प्रतिस्पर्धी मानिएको छ । उनले तेस्रो सर्वाधिक मत पाउने र एमाले-कांग्रेसको ठूलो मत काट्ने धेरैको आँकलन छ । कतिपयले मेयरमा बालेनले जित्ने दाबी पनि गरेका छन् । उनले युवापुस्ताको ठूलो मत आफ्नो पक्षमा झार्ने सम्भावना बलियो छ । 
 
balen
 
काठमाडौंको मुहार फेर्ने बालेनको स्पष्ट भिजनबाट प्रभावित भएर उनको पक्षमा सेलिब्रेटीहरु पनि खुल्न थालेका छन् । कुनै राजनीतिक दलबाट उम्मेदवारी नदिएका कारण पनि उनको पक्षमा खुल्न सेलिब्रेटीहरुलाई सजिलो भएको हो । शनिवार बालेनले चुनाव चिन्ह ‘लौरो’ पाएपछि धेरै सेलिब्रेटीहरुले सामाजिक सञ्जालको माध्यमबाट उनको चुनाव चिन्हको प्रचार गरिरहेका छन् । 
 
निर्देशक तथा अभिनेता निश्चल बस्नेत, अभिनेत्रीहरु स्वस्तिमा खड्का, प्रियंका कार्की, वर्षा राउत, सुहाना थापा, निशा अधिकारी, रीमा विश्वकर्मा, निर्देशक प्रदीप भट्टराई, कलाकार निर्मल शर्मालगायतले सामाजिक सञ्जालबाट खुलेर बालेनका लागि मत मागेका छन् । सम्भवतः यसअघि काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनेलाई सेलिब्रेटीहरुबाट यसप्रकारको साथ मिलेको थिएन ।
 
बालेनले काठमाडौंको मेयरमा उम्मेदवारी घोषणा गर्दै प्रतिवद्धता पत्र सार्वजनिक गर्दा संगीत र फिल्मलाई समेत सम्बोधन गरेका थिए । अन्तर्राष्ट्रिय फिल्म, संगीत, कला र अन्य मनोरञ्जन विधिबाट काठमाडौंको ब्राण्डिङ गर्ने उनको योजना छ । मनोरञ्जन क्षेत्रलाई अनुदान प्रदान गर्ने योजना पनि अगाडि सारेका कारण नेपाली सेलिब्रेटीहरुले खुलेर बालेनको पक्षमा मत मागेका हुन् । 
Most Visited News (monthly)