मिति : २०८१ आश्विन २०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.75/5.00)
Text size:-
+
-

आर्यन र प्रदीप एउटै फिल्ममा खेल्ने सम्भावना कति ?

फिल्मीखबर, काठमाडौं, 2022/05/04
aaryan sigdel and pradeep khadka
 
दुई पुस्ताका दुई चर्चित नायक हुन्, आर्यन सिग्देल र प्रदीप खड्का । एक समय लभस्टोरी फिल्ममा आफ्नो एकाधिकार जमाएका आर्यन र नयाँ छिमलमा बलियो स्टारडम बनाएका प्रदीपलाई एउटै फिल्ममा हेर्ने दर्शकको इच्छा अब पूरा हुने सम्भावना देखिएको छ । एकअर्कासँग राम्रो चिनजान भइसकेका उनीहरु ‘प्रसाद’ निर्देशक दिनेश राउतको नयाँ फिल्ममा एकसाथ देखिन सक्नेछन् । 
 
स्रोतका अनुसार, निर्देशक राउतसँग अहिले एउटा लभस्टोरी फिल्मको स्क्रिप्ट छ । उनलाई कुनै एक लेखकले स्क्रिप्ट सुनाएका हुन् । स्क्रिप्टअनुसार फिल्ममा दुई नायक मुख्य भूमिकामा हुनुपर्नेछ । स्क्रिप्ट सुनेपछि निर्देशक राउतले दुई मुख्य चरित्रमा आर्यन र प्रदीप सुहाउने निष्कर्ष निकालेका छन् । उनले दुवै नायकसँग स्क्रिप्टलाई लिएर केही चरण कुराकानी गरिसकेको बुझिएको छ ।
 
अहिले दिनेश फिल्म ‘प्रकाश’को पोष्ट प्रोडक्सनमा व्यस्त छन् । उनी यो फिल्म रिलिजभन्दा अगाडि अर्को फिल्मको काम थाल्ने सोचमा छैनन् । यसैले आर्यन र प्रदीपलाई लिएर बन्न सक्ने फिल्मको काम ‘प्रकाश’ रिलिजपछि मात्र सुरु हुनेछ । आर्यन र प्रदीप दुवैले एकसाथ काम गर्ने इच्छा देखाएको र दिनेश राउतले स्क्रिप्टमा थप वर्कआउट गर्न लेखकलाई सुझाव दिएको स्रोत बताउँछ ।
 
आर्यन र प्रदीप दुवैले आँखा चिम्लिएर विश्वास गरेका निर्देशक हुन्, दिनेश । आर्यनले दिनेशको निर्देशनमा ‘क्लासिक’ र ‘नोभेम्बर रेन’ फिल्ममा काम गरिसकेका छन् भने दिनेशसँग प्रदीपको फिल्म ‘प्रकाश’ पहिलो टिमअप हो । ‘क्लासिक’पछि सहकार्य नगरेकाले आर्यन र दिनेश पुनः एकअर्कासँग सहकार्य गर्न इच्छुक छन् । प्रदीप त दिनेशको फिल्म सकभर उम्काउनै चाहँदैनन् ।