अभिनेता तथा राजनीतिज्ञ शत्रुघ्न सिन्हाले अभिनेता शाहरुख खानप्रति गुनासो पोखेका छन् । ड्रग्स मुद्धामा आर्यन खान गिरफ्तार हुँदा आफूले आर्यनको सपोर्ट गरेको भएपनि शाहरुखले अहिलेसम्म धन्यवाद नभएको उनको गुनासो छ । २०२१ अक्टोबर २ मा क्रुजबाट पक्राउ परेका आर्यनले २६ दिन हिरासतमा विताएका थिए । हालसालै उनलाई ड्रग्सको केशमा क्लिन चीट मिलेको छ ।
उनले भनेका छन्, ‘एक पिताको रुपमा मैले शाहरुख उनको पीडा महसुस गरेँ । आर्यन दोषी नै भएको भए पनि उसलाई रिह्याब पठाउनु पर्थ्यो, जेल होइन । मैले तब त्यही भनेको थिएँ, जुन जायज थियो । जसरी आर्यनमाथि व्यवहार भयो र अनेक अफवाह फैलाइयो त्यो सही थिएन ।’ आर्यनलाई जेल पठाउने निर्णयविरुद्ध आफूले मुम्बईमा आवाज पनि उठाएको उनले बताएका छन् ।
उनले अगाडि भनेका छन्, ‘जसरी म पूरै समय आर्यनको सपोर्टमा खडा भएँ, तर यसको बदलामा शाहरुख खानले अहिलेसम्म धन्यवाद समेत भनेका छैनन् । जबकि, मैले आर्यनलाई जेल पठाउने निर्णयविरुद्ध मुम्बईमा आवाज समेत उठाएको थिए । मेरो सधैं सत्यको पक्षमा उभिने बानी छ र यसैले म आर्यनको पक्षमा उभिएँ ।’ उनले आफू शाहरुखसँग सम्पर्कमा पनि नरहेको बताए ।