बलिउड सुपरस्टार सलमान खानलाई धम्कीपूर्ण पत्रपछि दिनहुँ नयाँ-नयाँ खुलासा भइरहेको छ । प्रहरीको सोधपुछमा ग्याङस्टर लरेन्स बिस्नोइले सलमानलाई धम्की दिएको सौरभ महाकालले खुलासा गरेका छन् । यस्तैमा अब यो खुलासा भएको छ कि लरेन्सले सलमानलाई मार्नका लागि सार्पसुटर समेत पठाएका थिए तर, सफल नभएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
लरेन्सले सलमान खानलाई मार्न सार्पसुटर संपत नेहरालाई खटाएका थिए । केही दिन सलमानको गतिविधि निहालेपछि संपत गोली चलाउने तयारीमा थिए । तर, उनीसँग जुन पेस्तोल थियो त्यसले लामो दूरीसम्म निशाना लाग्दैन थियो । त्यसमाथि सलमान सधैंजसो बडिगार्डको घेराभित्र रहने भएकाले उनी अन्तिम समयमा गोली हान्ने निर्णयबाट पछाडि हटेको बलिउड भाष्करमा उल्लेख छ ।
संपतले दोस्रो पटक पनि सलमान खानमाथि गोली हान्ने योजना बनाए । यसपटक उनले दिनेश फौजीको माध्यमबाट आरके स्प्रिंग राइफल मगाए । यो राइफल लरेन्सले ३/४ लाखमा किनेका थिए तर, जब राइफल दिनेशसँग थियो तब उसलाई पुलिसले समात्यो । फिल्म ‘रेडी’को छायांकनको बेला पनि लरेन्सले सलमानमाथि गोली हान्ने प्लान बनाएका थिए तर, त्यसबेला उनी सफल भएनन् ।
संपत नेहरा ग्याङस्टर लरेन्सका सबैभन्दा विश्वास पात्र हुन् भने चन्डीगढ पुलिसबाट रिटायर्ड असिस्टेन्ट सब इन्स्पेक्टर रामचन्दरका छोरा हुन् । संपत नेशनल लेभल डेकाथलन (हर्डल रेस) सिल्भर मेडलिस्ट पनि हुन् । संपत पढाईको क्रममा लरेन्ससँग नजिक भएका थिए र विस्तारै बिस्नोइ ग्याङको विश्वासिलो सार्पसुटर बने । यतिबेला प्रहरीले सलमान खानलाई उच्च सुरक्षा दिएको छ ।