मिति : २०८१ मंसिर २, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बकर ईदमा हसनको आग्रह- ‘पशुबलीको तस्विर राखेर कसैको भावनामा ठेस नपुर्‍याउँ’

फिल्मीखबर, काठमाडौं, 2022/07/10
Hassan Raza Khan
 
मुस्लिम समुदायबाट फिल्ममा आएका कलाकारहरु औंलामा गन्न सकिने मात्र छन् । त्यसमध्येमा पर्छन्, हसनराजा खान । उनले हिरो बन्न आफ्नै लगानीमा पहिलो फिल्म ‘अलबिदा’ बनाए । त्यसपछि उनले आफ्नै मुख्य भूमिकामा अर्को फिल्म ‘रोमियो’ निर्माण गरे । यी दुई फिल्मपछि भने उनले न फिल्म निर्माण गरेका छन् न अभिनय । पछिल्लो समय उनी आफ्नो व्यवसायमा व्यस्त छन् । 
 
आइतवार विश्वभरका मुस्लिम धर्माबलम्बीहरुले धुमधामसँग बकर ईद मनाइरहेका छन् । नेपाल सरकारले बकर ईदको अवसरमा सार्वजनिक विदा समेत दिएको छ । हसनले पनि बकर ईदलाई आफू र आफ्नो परिवारले धुमधामसँग मनाइरहेको बताएका छन् । आइतवार भिडियो सन्देशमार्फत् उनले पशुबली दिएको भिडियो तथा तस्विरहरु सामाजिक सञ्जालमा नराख्न अपिल गरेका छन् । 
 
सम्पूर्ण मुस्लिम धर्माबलम्बीहरुलाई ईदको शुभकामना दिँदै उनले भनेका छन्, ‘हामीले बकर ईद मनाउँदा कुर्वानी दिने गर्छौं । यो मुस्लिमहरुको परम्परा हो र यसलाई हामीले निभाउँछौं । म के अपिल गर्न चाहन्छु भने पशुबली दिएको फोटो तथा भिडियोहरु सामाजिक सञ्जालमा नराखौं । कति मानिसलाई त्यो मन नपर्न सक्छ र, कसैको भावनालाई ठेस पुर्‍याएर काम गर्दा राम्रो हुँदैन ।’ 
 
हसनराजाले दुबईमा बसेर आफ्नो व्यवसाय गरिरहेका छन् । व्यवसायलाई स्थापित गर्न फिल्मबाट केही समय दुरी बनाएका उनी चाँडै नयाँ फिल्म निर्माण गर्ने तयारीमा छन् । उनका अनुसार, केही समयमा फिल्मको काम अगाडि बढ्नेछ । उनको अभिनेता आर्यन सिग्देलसँग राम्रो सम्बन्ध छ । ‘अलबिदा’मा उनीहरुले एकसाथ काम गरेका थिए । फेरि उनीहरुबीच सहकार्य हुने चर्चा छ ।