मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका हुन् भुवन केसी ?

फिल्मीखबर, काठमाडौं, 2022/07/25
Bhuwan Kc
 
नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पदमा सरकारले अभिनेता भुवन केसीलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई दुई वर्षका लागि बोर्ड अध्यक्षको जिम्मेवारी सुम्पने निर्णय गरेको हो । तर, भुवन बोर्ड अध्यक्षमा नियुक्त भएको आधिकारिक घोषणा भने सरकारले मंगलवार मात्र गर्दैछ ।
 
दयाराम दाहालको दुई वर्षे कार्यकाल सकिएपछि गत असार १५ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गरेर बोर्ड अध्यक्षका लागि विभिन्न मापदण्ड तोक्दै आवेदन माग गरेपछि भुवनसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेश पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशील पोखरेल र सुष्मा कार्कीले दरखास्त दिएका थिए । 
 
चलचित्र विकास बोर्डलाई राजनीति दलहरुले कार्यकर्ता भर्ती केन्द्र बनाएका छन् । सत्तामा रहेको पार्टीका कार्यकर्ताले मात्र बोर्डमा नियुक्ति पाउने गरेका छन् । भुवनले पनि गत बैशाखमा एमाले परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी बोर्ड अध्यक्ष बन्ने आश्वासनमा कांग्रेस प्रवेश गरेको टिका-टिप्पणी भएको थियो । अब उनी बोर्ड अध्यक्षमा नियुक्त भएको खबर बाहिरिएको छ । 
 
गायकको रुपमा आफ्नो करिअरको थालनी गरेका भुवन केसी अभिनीत पहिलो फिल्म ‘जुनी’ हो । ९० को दशकमा ठूलो स्टारडम बनाएका उनका प्रायः फिल्म व्यावसायिक रुपमा सफल छन् । ‘कुमुसे रुमाल’, ‘सन्तान’, ‘कन्यादान’, ‘चिनो’, ‘करोडपति’, ‘नेपाली बाबु’, ‘सुपरस्टार’ जस्ता फिल्मले उनलाई सुपरस्टार बनायो । अहिले उनका छोरा अनमोलले फिल्म क्षेत्रलाई लिड गरिरहेका छन् ।