मिति : २०८१ आश्विन २१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘परदेशी २’को गीतमा शाहरुख खान बनेका प्रकाश !

फिल्मीखबर, काठमाडौं, 2022/08/01
Prakash Saput
 
बलिउड सुपरस्टार शाहरुख खानका केही सिग्नेचर स्टाइलहरु संसारभर प्रख्यात छन् । विशेषगरी दुई हात फिजाएर रोमान्टिक अन्दाज प्रस्तुत गर्ने उनको शैली धेरैलाई मन पर्छ । यो शैली टपक्क टिपेर भारतसँगै नेपालमा पनि धेरै हिरोहरुले हिरोइनसँग रोमान्स गरेका छन् । यसैक्रममा, फिल्म ‘परदेशी २’बाट नायक बनेका प्रकाश सपुतले पनि शाहरुखको स्टाइल पछ्याएका छन् । 
 
सोमवार सार्वजनिक भएको फिल्मको ‘के वर मागी फर्क्यौ भन् तिम्ले पुज्ने देउतासित’ गीतमा उनलाई शाहरुख खान बढी देखिन्छ । कारण हो, उनले शाहरुखका प्रायः लोकप्रिय सिग्नेचर स्टेपमा नृत्य गरेका छन् । गीतको २ मिनेट ५५ सेकेन्डदेखि ४ मिनेट ३४ सेकेन्डसम्म उनी शाहरुखकै शैलीमा प्रस्तुत छन् । हिँड्ने शैली होस् वा नृत्य गर्ने स्टाइल, ठ्याक्कै शाहरुखकै प्रतिविम्ब देखिन्छ । 
 
गीत सार्वजनिक कार्यक्रममा पत्रकारले उनलाई घुमाउरो रुपमा शाहरुख खानको सिग्नेचर स्टाइल चोरेको हो भनेर प्रश्न गरे । तर, पत्रकारको प्रश्नमा उनले तारिफ भेटेछन् । उनले आफूलाई शाहरुख खान जस्तो कलाकारसँग दाँजेकोमा पत्रकारलाई धन्यवाद दिए । तर, पछि प्रश्नको आशय बुझेपछि उनले दुई हात फिजाएर नृत्य गर्दैमा शाहरुख खानको स्टाइल चोरेको नहुने तर्क प्रस्तुत गरे । 
 
हुनत, नानीदेखि लागेको बानी छुट्न गाह्रो हुन्छ । नेपालमा शाहरुख खानको डाइहार्ट फ्यानको सूचि निकाल्ने हो भने प्रकाशको नाम छुट्दैन । अनि, गीतमा शाहरुख खानकै स्टाइल आउनु अनौठो पनि भएन । तर, गायनमा प्रकाशले जुन उचाईं हासिल गरेका छन्, त्यसले उनलाई अरुको स्टाइल पछ्याउन छुट दिँदैन । फिल्ममा पनि शाहरुखकै अभिनय चाहिँ नदेखियोस्, कामना गरौं ।