मिति : २०८१ पौष २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

भुवन केसीलाई हिरो बन्ने मौका, ‘लाइगर’लाई बिहीवार रिलिज हुनबाट रोक्लान् ?

फिल्मीखबर, काठमाडौं, 2022/08/21
२०७६ सालको एउटा घटना स्मरण गरौं । चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई थिए । त्यही समयमा बलिउड फिल्म ‘कलंक’ बुधवारबाट प्रदर्शनको तयारीमा थियो । नेपालमा शुक्रवार फिल्म रिलिज गर्नुपर्ने नियम भए पनि ‘कलंक’को नेपाल वितरक मनोज राठीको समुहले बुधवार नै फिल्म रिलिज गर्न बोर्डसँग सेन्सरको अनुमति माग्यो । तर, केशव भट्टराईले अनुमति दिएनन् । 
 
भट्टराईले सेन्सर अनुमति नदिएपछि ‘कलंक’ भारतमा बुधवार रिलिज भए पनि नेपालमा शुक्रवार मात्रै रिलिज भयो । उनको यो कदमलाई अधिकांश फिल्मकर्मीले स्वागत गरे । वितरक र हल व्यवसायीहरुका लागि भने उनी भिलेन बने । तर, अध्यक्ष भट्टराईले सलमान खान अभिनीत फिल्म ‘भारत’लाई भने जिल्ला अदालतको आदेशका कारण शुक्रवारअघि रिलिज गर्नबाट रोक्न सकेनन् । 
 
त्यसपछि बलिउड फिल्म जुनसुकै मिति र बारमा नेपालमा सजिलै प्रदर्शन हुँदै आएका छन् । कुनै अध्यक्षले शुक्रवारअघि बलिउड फिल्मको रिलिज रोक्न सकेका छैनन् । दुई हप्ताअघि बलिउड फिल्म ‘लाल सिंह चढ्ढा र ‘रक्षा बन्धन’लाई बिहीवार रिलिज गर्नबाट बोर्ड अध्यक्ष भुवन केसीले पनि रोक्न सकेनन् । रोकुन् पनि किन ! विदेशी फिल्मकै विकास शुल्कबाट बोर्डको दानापानी चल्छ । 
 
bhuwan kc
 
तर, बोर्ड अध्यक्ष हुनुअघि तिनै भुवन हुन्, जसले नेपाली फिल्मझैं विदेशी फिल्म पनि शुक्रवार नै हलमा लाग्नुपर्ने आवाज उठाउँथे । बोर्डमा पुगेपछि उनको त्यो आवाज मत्थर बनेको छ । हुनत, उनको बोर्डको कुर्सी नै असुरक्षित छ । उनको नियुक्तिलाई लिएर मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । उनको कुर्सी जोगिन्छ वा जोगिन्न, सर्वोच्चको हातमा छ ।
 
कयैन् फिल्ममा हिरो बनेका भुवनलाई यसपटक फिल्म क्षेत्रको हिरो बन्ने मौका मिलेको छ । त्यो कसरी भने, यही बिहीवार भारतीय फिल्म ‘लाइगर’ प्रदर्शन हुँदैछ । जबकि, शुक्रवार दुई नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’ लाग्दैछन् । ‘लिगर’ एक दिन अगाडि आउँदा दुई नेपाली फिल्मलाई असर गर्छ । ‘लाइगर’लाई शुक्रवार अगाडि प्रदर्शन गर्नबाट रोक्न सके भुवन केसी वास्तविक हिरो बन्नेछन् ।
 
१९ तारिखमा दुई ठूला बलिउड फिल्मको डरले त्यस हप्ता कुनै नेपाली फिल्मले रिलिज तोकेका थिएनन् । तर, यसपटक बिहीवार विदेशी फिल्म र शुक्रवार दुई नेपाली फिल्म प्रदर्शन हुँदैछन् । यो अवस्थामा ‘लाइगर’को चेपुवामा नेपाली फिल्म पर्नेछ । नेपाली फिल्म शुक्रवार मात्र लगाउनु पर्ने अनि विदेशी फिल्म मनपरी चलाउन पाउने कुरामा चलचित्र विकास बोर्ड खरो उत्रन जरुरी छ ।