मिति : २०८१ माघ २५, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुस्ताङबाट ‘अन्तिम संस्कार’को छायांकन सुरु

फिल्मीखबर, काठमाडौं, 2022/09/17
antim-sanskar-deeya-pun
 
फिल्म ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङबाट छायांकन सुरु भएको छ । शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा ४० दिनसम्म छायांकन हुनेछ भने केही प्रतिशत काठमाडौंमा गर्ने तयारीमा निर्माण टिम रहेको छ । 
 
सांस्कृतिक तथा सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्ममा विजय लामा, दीया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई, सुस्मिता गिरी, दिग्गज खत्रीलगायत कलाकारको रुपमा छन् । विनोद सुवेदी खत्री (टाटेमित) निर्माता रहेको यस फिल्मको मुस्ताङ क्षेत्रमा छायांकनको व्यवस्थापनको जिम्मेवारी प्रेम खड्का र वोधराज पौडेलको काँधमा छ । 
 
 प्रदीप शाहीको निर्देशनमा बन्न लागेको फिल्मको छायाँकारमा बाबु श्रेष्ठ छन् । फिल्म डेढ करोडको लागतमा निर्माण हुने निर्माता खत्रीले जानकारी दिए । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो फिल्म हो । गत भदौ २४ गते उनी निर्देशित पहिलो फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आएको थियो । बेलायतमा बसेर उनले यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।