मिति : २०८१ पौष ८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालबाट ओस्कारमा ‘ऐना झ्यालको पुतली’लाई पठाउने निर्णय

फिल्मीखबर, काठमाडौं, 2022/09/19
oscar nepali movie
 
९५औं द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (ओस्कार) मा नेपालबाट सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’लाई पठाइने भएको छ । ओस्कारका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिको सोमवार बसेको बैठकले आवेदन प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो । यो फिल्म अहिले प्रदर्शनरत छ ।
 
नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ओस्कार अवार्डमा प्रतिस्पर्धाका लागि भदौ ३० गतेभित्र फिल्म बुझाउन फिल्मकर्मीहरुलाई विज्ञप्तिमार्फत् आग्रह गरेको थियो । जसअनुरुप दिनेश राउत निर्देशित ‘प्रकाश’, सुवर्ण थापा निर्देशित ‘राधा’ र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले आवेदन दिएका थिए । तीनै फिल्मले यस वर्ष समीक्षात्मक रुपमा प्रशंसा कमाएका छन् । 
 
फिल्मको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मकता बुनोट आदिलाई मध्यनजर गरेर ‘ऐना झ्यालको पुतली’लाई ओस्कारमा पठाउने निर्णय गरेको छनोट समितिका सचिव चिरञ्जीवी गुरागाईंद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 
 
oscar
 
ओस्कार अवार्ड आगामी मार्च १२ का दिन आइतबार लस एञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ । विमल पौडेल अध्यक्ष रहेको ओस्कारका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली ‘कपील’ र चिरञ्जीवी गुरागाईं सदस्यमा छन् ।
Most Visited News (monthly)