मिति : २०८१ कार्त्तिक ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.62/5.00)
Text size:-
+
-

‘जेरी २’मा अनमोलको जोडी आना

फिल्मीखबर, काठमाडौं, 2022/09/27
सन् २०१४ मा आएको अभिनेता अनमोल केसी र अभिनेत्री आना शर्माको हिट फिल्म हो ‘जेरी’ । यो अनमोलको दोस्रो फिल्म थियो भने आनाले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । अब, ७ वर्षपछि यही फिल्मको दोस्रो श्रृंखला निर्माण हुँदैछ । पहिलो श्रृंखलाकै निर्देशक हेमराज विसीले ‘जेरी २’को निर्देशन गर्दैछन् भने अनमोल मुख्य भूमिकामा फाइनल भइसकेका छन् ।
 
सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको संयुक्त लगानीमा निर्माण हुने यस फिल्मका लागि अनमोल र अभिनेत्रीसँग एकसाथ कागजी सम्झौता गरिएको थियो । तर, निर्माण टिमले अभिनेत्री फाइनल नभएको भन्दै नाम लुकाउँदै आएको थियो । मंगलवार निर्माता सरोज न्यौपानेले सामाजिक सञ्जालमा ‘जेरी २’मा अभिनेत्री पनि फाइनल भइसकेको जानकारी दिँदै एक तस्विर पोस्ट गरेका छन् । 
 
anna sharma and anmol kc
 
तस्विरमा अनमोल र ती अभिनेत्री एकसाथ उभिएका छन् । तर, सरोजले अभिनेत्रीको अनुहार स्माइली इमोजीले छोपेका छन् । निर्माता सरोज न्यौपानेले अभिनेत्रीको नाम अनुमान गर्न भनेका छन् । कमेन्टमा कसैले नम्रता श्रेष्ठ भनेका छन् भने कसैले क्रिस्टिना गुरुङ भनेर अनुमान गरेका छन् । तर, फिल्मीखबरले ‘जेरी २’मा फाइनल भएकी ती अभिनेत्रीलाई प्रमाणसहित ठम्याएको छ । 
 
उक्त तस्विरमा अनमोलसँग उभिएकी आना शर्मा हुन् । यो कसरी प्रमाणित हुन्छ भने सरोजले पोस्ट गरेको तस्विरमा आनाले जुन पहिरन लगाएकी छन्, त्यही पहिरनमा उनले जुन ४ तारिखका दिन इन्स्टाग्राममा एक टिकटक भिडियो अपलोड गरेकी छन् । र, जुन ४ तारिखकै दिन अनमोल फिल्ममा साइन भएका हुन् । सरोजले मंगलवार पोस्ट गरेको तस्विर पनि त्यही दिन खिचिएको हो । 
 
आनाले फिल्म साइन गर्नुअघि वा साइन गरेपछि टिकटक भिडियो बनाएर इन्स्टामा अपलोड गरेको हुनुपर्छ । अनमोलको पहिरनले पनि आना र उनी एकसाथ फिल्ममा भित्रिएको प्रमाणित गर्छ । अनमोलले फिल्म साइन गर्दा लगाएका पहिरन र मंगलवार सरोजले पोस्ट गरेको तस्विरमा उनको पहिरन एउटै छ । यसबाट पनि अनमोल र आना एकसाथ फिल्ममा अनुबन्ध भएको स्पष्ट बुझिन्छ । 
 
एउटा उखान छ, ‘आँ गर्दा अलंकार बुझिन्छ ।’ ‘जेरी २’का निर्माता सरोज न्यौपानेले अनुमान गर्न पोस्ट गरेको तस्विरले अभिनेत्रीको नाम नै खुलासा भएको छ । निर्माण टिमले एक कार्यक्रम राखेर अभिनेत्रीलाई सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, अब निर्माण टिमको त्यो सपना अधुरै भएको छ । यद्यपि, दर्शकहरु भने अनमोल र आनालाई पुनः एकसाथ पर्दामा हेर्न आतुर छन् । 
 
Most Visited News (monthly)