मिति : २०८१ कार्त्तिक ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सोले’ : कलाकारमा २० लाख खर्च, धर्मेन्द्र गर्न चाहन्थे ठाकुरको भूमिका

एजेन्सी, मुम्बई, 2022/10/09
बलिउडको माइलस्टोन फिल्म हो, ‘सोले’ । यो बलिउडलाई पहिचान दिलाएको फिल्म समेत हो । रमेश सिप्पी निर्देशित फिल्ममा अमिताभ बच्चन, जया बच्चन, धर्मेन्द्र, हेमा मालिनी, सञ्जीव कुमार र अमजद खानको मुख्य भूमिका छ । ‘कितने आदमी थे’ भन्ने संवाद आज पनि हिन्दी फिल्मको उत्कृष्ट संवादमध्ये एक मानिन्छ । यो फिल्म हेरेर अहिले पनि दर्शकहरु मनोरञ्जन लिने गर्दछन् ।
 
40 years of 'Sholay': From 'kitney aadmi thhe' to 'suar ke bachchon' –  Iconic dialogues from the cult classic | Entertainment News,The Indian  Express
 
यस्ता छन् ‘सोले’को बारेमा दश रोचक किस्साहरु
 
१. निर्देशक रमेश सिप्पीले १९७५ मा आएको फिल्म ‘सोले’ तीन करोड लागतमा निर्माण गरेका थिए । यो फिल्मले बक्सअफिसमा यस्तो जादू देखायो कि सबै हैरान भए । यसको कमाई अहिले पनि जारी छ । 
 
२. एक अन्तर्वार्तामा निर्देशक सिप्पीले भनेका थिए, ‘‘सोले’ बनाउनका लागि मसँग पैसा थिएन । मैले आफ्नो पिता (जीपी सिप्पी) सँग मद्दत मागे । त्यसबेला यो फिल्म तीन करोडमा बनेको थियो । स्टारकास्टमा २० लाख खर्च भएको थियो ।’’
 
३. फिल्ममा सबैभन्दा चर्चित रोल गब्बर सिंहको भूमिका सबैभन्दा पहिला डेनी डेङजोम्पालाई मिलेको थियो । तर, उनले व्यस्तताका कारण काम गर्न नसकेपछि अमजद खानलाई कास्ट गरिएको थियो । 
 
४. ‘सोले’ १६ अगस्ट १९७५ मा प्रदर्शनमा आएको थियो । यो त्यस समयको यस्तो पहिलो फिल्म थियो, जुन सय दिनसम्म सिल्भर स्क्रिनमा प्रदर्शन भएको थियो ।
 
५. फिल्मको सुटिङ बैंग्लोरको रामनगर क्षेत्रमा भएको थियो । फिल्म सुपरहिट भएपछि यस फिल्मका निर्देशक रमेश सिप्पीसँग जोडेर त्यस क्षेत्रको नाम सिप्पीनगर राखियो ।
 
Sholay Best Dialogues And Memes - Indian Meme Templates
 
६. फिल्मको नाम पहिला ‘मेजर साहब’ या ‘एक दो तीन’ राख्ने कुरा भएको थियो । तर, जब फिल्म बन्यो तब यसको नाम ‘सोले’ राखिएको थियो । 
 
७. ट्रेनको चोरीवाला दृष्य मुम्बईस्थित पूणे लाइनमा २० दिनसम्म सुटिङ गरिएको थियो ।
 
८. पहिला ठाकुरको भूमिका धर्मेन्द्रले गर्न चाहेका थिए । त्यसबेला उनी अभिनेत्री हेमाको प्रेममा थिए । सिप्पीले धर्मेन्द्रलाई ‘वीरूको रोल निभाउँदा तपाईं हेमासँग धेरै देखिनुहुनेछ’ भनेर मनाएका थिए । त्यसबेला सञ्जीव पनि हेमाको प्रेममा थिए । धर्मेन्द्रले चाहेका थिएनन् कि सञ्जीव कुमार स्क्रिनमा हेमासँग रोमान्स गर्दै देखिउन । 
 
९. रमेश सिप्पीले जयको चरित्र शत्रुघ्न सिन्हालाई प्रस्ताव गरेका थिए । तर, ठूलो स्टारकास्टका कारण उनले फिल्म गर्न मानेनन् । त्यसबेला अमिताभ बच्चन चर्चित स्टार थिएनन् । तर, सलीम-जावेदले ‘जंजीर’ मा उनको कामबाट सन्तुष्ट भएपछि उनीहरुले सिप्पीलाई अमिताभको नाम सिफारिस गरेका थिए । 
 
१०. फिल्मको अन्तिम सिनमा धर्मेन्द्रले चलाएको गोलीबाट अमिताभ बच्चन थोरैले बाँचेका थिए ।
Most Visited News (monthly)