मिति : २०८१ पौष ९, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

अमेरिका बस्ने अजयसँग विवाह गर्ने तयारीमा रिस्ता

फिल्मीखबर, काठमाडौं, 2022/10/13
rista basnet and ajay shing thakuri
 
अभिनेत्री रिस्ता बस्नेतको फिल्म करिअर त्यत्ति सुखद् छैन । फिल्म ‘होस्टेल’बाट अभिनय करिअर सुरु गरेकी उनले त्यसयता एक दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । तर, सोलो अभिनेत्री भएर अभिनय गरेका कुनै फिल्मबाट उनले सफलता पाउन सकिनन् । बरु, उनी डबिङ आर्टिस्टको रुपमा बढी चलेकी छन् । रिस्ताले धेरै फिल्ममा अभिनेत्रीको भागको डबिङ गरेकी छन् ।
 
अब उनी विवाह बन्धनमा बाँधिने तयारीमा छिन् । उनी एक वर्षदेखि अमेरिकामा बस्दै आएका अजय सिंह ठकुरीको प्रेममा छिन् । बुधवार फिल्म ‘हिजो आजका कुरा’को प्रिमियर उनी प्रेमी ठकुरीको साथमा नै पुगेकी थिइन् । यो जोडी यसअघि पनि दुईवटा फिल्मको प्रिमियरमा सहभागी भइसकेको रहेछ । तर, त्यसबेला यी दुईले मिडियाबाट प्रेम सम्बन्ध लुकाउन सफल भएका थिए । 
 
‘हिजो आजका कुरा’को प्रिमियरमा भने रिस्ता र अजयको प्रेम मिडियाबाट लुकेन । रिस्ताले पनि एक सञ्चारकर्मीसँग अजयसँगको प्रेम सम्बन्ध स्वीकार गरिन् । रिस्ताले आफूहरु चाँडै विवाह बन्धनमा बाँधिन लागेको जानकारी समेत दिएकी छन् । उनले अजयको धैर्य गर्न सक्ने क्षमता अत्यन्त राम्रो लाग्ने बताएकी छन् । उनले आफूलाई खुसीसाथ झेल्न सक्ने मान्छे पाएकोमा खुसी व्यक्त गरिन् ।
 
लामो समयदेखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएका अजयले पनि रिस्ताको प्रशंसा गरे । उनले भने- ‘मलाई उनको बोली, बानी व्यवहार र आँखा मन पर्छ । उनको बानी व्यवहार सहन सक्ने छ ।’ रिस्ता र अजयको विवाहको मिति तय नभए पनि यसै वर्ष विवाह हुने सम्भावना प्रवल रहेको जानकारी प्राप्त छ । बिहेपछि रिस्ता बस्नेत पनि अमेरिका जाने योजनामा रहेको स्रोत बताउँछ ।
Most Visited News (monthly)