मिति : २०८१ पौष ३, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फागुन १२ मा ‘बगान’, ‘उडी छुनु छ आकाश’ गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2022/11/01
अभिनेता सरोज खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’को ‘उडी छुनु छ आकाश’ बोलको मर्मस्पर्शी लिरिकल गीत सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच आगामी फागुन १२ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको गीतले एकल महिलाले समाजबाट भोग्ने पीडा, सन्तानप्रतिको अगाध प्रेम र एक्लोपनको कथा बोलेको छ । 
 
movie bagan
 
सुरेश वाग्लेको शब्द रचना र हरी लम्सालको संगीत रहेको गीतमा लोकप्रिय गायिका बानिका प्रधानको स्वर सुन्न सकिन्छ । गीतका शब्दहरु मन हुडल्ने खालका छन् । गीतमा समावेश फिल्मका चल/अचल दृश्यहरुमा अभिनेत्री करिश्मा मानन्धर र नव-कलाकार प्रमिल कार्की आमा-छोरीको रुपमा प्रस्तुत छन् । यो गीतले फिल्ममा करिश्मा एकल महिलाको भूमिकामा रहेको स्पष्ट बुझाउँछ । 
 
निर्देशक खनालले फिल्मको माध्यमबाट आफूले विधवा आमाको पनि विवाह गर्नुपर्छ भनेर सवाल उठाएको बताएका छन् । उनले भनेका छन्, ‘यदि अल्पआयूमै श्रीमातीको निधन भएपछि पुरुषलाई बाँकीको जीवन विताउन जीवन साथीको खाँचो हुन्छ भने के महिलाहरुलाई हुँदैन ? अब विधूर पिताको मात्र होइन, विधवा आमाको पनि विवाह गर्नुपर्छ । फिल्मले उठाएको सवाल यही हो । ’ 
 
सुरेश वाग्ले प्रस्तुतकर्ता र विनोद मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा करिश्मा र प्रमिलका साथै नीर शाह, सरोज खनाल, मिथिला शर्मा, बसुन्धरा भुषाललगायतको मुख्य भूमिका छ भने अभिनेता आकाश श्रेष्ठ विशेष भूमिकामा छन् । फिल्ममा गौरीशंकर धुजुको डिओपी, नारायण जिसी र उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन रहेको छ । 
 

Most Visited News (monthly)