मिति : २०८१ मंसिर २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.83/5.00)
Text size:-
+
-

दोस्रो साता पनि ‘महापुरूष’ हाउसफुल, अमेरिकामा बढ्यो शो

फिल्मीखबर, काठमाडौं, 2022/11/05
छठको विदा पारेर प्रदर्शनमा आएको प्रदीप भट्टराईद्वारा निर्देशित फिल्म ‘महापुरूष’ले दोस्रो साता पनि बक्सअफिसमा पहिलो नम्बरमा ट्रेन्ड गरिरहेको छ । पहिलो हप्ता ५ करोड आसपासको कमाई गर्दै लगानी सुरक्षित गरेको यस फिल्मले दोस्रो हप्ताको शुक्रवार देशभर ५० देखि ६० प्रतिशतसम्म अकुपेन्सी कायम गर्दा शनिवार (आज) विहानैदेखि हाउसफुल दर्शक भित्राएको छ । 
 
विशेषगरि, फिल्मको कमाई सिंगल स्क्रिनभन्दा मल्टीप्लेक्समा राम्रो छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सबाट निर्माताले मोटो शेयर हात पार्ने देखिन्छ । शनिवार क्यूएफएक्सले आफ्नो देशभरका च्यानलमा फिल्मलाई उपलब्ध गराएको शोमा दर्शक उपस्थिति आक्रामक छ । साँझका केही शोहरु दिउँसैबाट सोल्डआउट भएका छन् भने केही सोल्डआउटको चरणमा छन् ।
 
Madan Krishna Shrestha and Hari Bansha Acharya
 
काठमाडौंका विग मुभिज, क्यूज सिनेमाज्, एफक्यूब सिनेमाज्, विएसआर मुभिज्, आईएनआई सिनेमाज्, वान सिनेमाज्, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्सलगायतका मल्टीप्लेक्सहरुमा पनि दोस्रो हप्ता दर्शक अकुपेन्सी राम्रो रहेको रिपोर्ट प्राप्त छ । मोफसलतर्फ सिंगल तथा मल्टीप्लेक्सहरुमा पहिलो हप्ता दर्शकको राम्रो साथ पाएको फिल्म दोस्रो सातामा पनि कमजोर छैन । 
 
बलियो ‘वर्ड अफ माउथ’ले गर्दा दोस्रो हप्ताको आइतवारबाट पनि फिल्मप्रति दर्शकको आकर्षण घट्ने देखिन्न । लामो समयपछि हलमा परिवारसहित फिल्म हेर्ने दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । ८०-९० वर्षका वृद्ध-वृद्धा समेत लौरो र सन्तानको सहारामा फिल्म हेर्न हल पुगेका छन् । यो हेर्दा फिल्मले घरेलू बक्सअफिसमा आफूलाई लामो समयसम्म टिकाइराख्ने देखिन्छ । 
 
नेपालमा मात्र नभइ अमेरिकामा पनि फिल्मले दर्शकको साथ अपार पाएको छ । अमेरिकामा नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले फिल्मको प्रदर्शन अधिकार लिएको हो । फिल्मले अमेरिकामा व्यापारसँगै शो संख्या वृद्धि गर्दै लगेको प्रदर्शक प्रतिक सुवेदीले बताए । त्यस्तै, अष्ट्रेलियामा पनि सुखद् प्रदर्शन भइरहेको यो फिल्म आउँदो हप्ताबाट क्यानडामा समेत रिलिज हुने बताइएको छ । 
 
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रविन्द्र सिंह बानियाँ, सिरु विष्ट, अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिका रहेको फिल्मले एकल पिताको एक्लोपनको कथालाई उठाएको छ । फिल्मको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्मातामा दिपेश खत्री रहेका छन् । ‘महापुरूष’सँगै निर्देशक प्रदीप भट्टराईले लगातार चार फिल्म सुपरहिट दिएका छन् । 
Most Visited News (monthly)