मिति : २०८१ कार्त्तिक २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतमै फ्लप अक्षयको ‘राम सेतु’ दुई सातापछि नेपालमा

फिल्मीखबर, काठमाडौं, 2022/11/10
Ram Setu film review: A movie-length WhatsApp forward with VFX thrown in
 
चलचित्र विकास बोर्डले यही कात्तिक १ गतेदेखि फिल्म प्रदर्शनको एक हप्ता अगावै सेन्सर सिफारिस लिनुपर्ने नियम लागू गरेपछि रातारात विदेशी फिल्म नेपाल ल्याएर सेन्सर गर्ने वितरकहरुलाई ठूलो धक्का पुगेको छ । अन्तिम समयमा सस्तोमा फिल्म पाइने लोभमा कति वितरकहरुले नियम-कानुनै मिच्ने गरेका थिए । बोर्डको उक्त कदमले धेरै वितरकहरुको चिल्लीबिल्ली बनाएको छ । 
 
बोर्डको सेन्सर सिफारिस सम्बन्धि नयाँ नियमले समस्यामा परेको बलिउड फिल्म हो ‘राम सेतु’ । अक्टोबर २५ मा भारतमा प्रदर्शन भएको अभिनेता अक्षय कुमार स्टारर यो फिल्मलाई गत हप्ता नेपालमा प्रदर्शन गर्न प्रयास गरिएको थियो । तर, फिल्मलाई नेपाल भित्राएको डिसिएनले एक हप्ता अगावै कागजपत्र पेश गर्न नसक्दा बोर्डले सेन्सर अनुमति दिएन र फिल्म शुक्रवार लाग्न पाएन । 
 
यो हप्ता वितरक कम्पनीले बोर्डमा सम्पूर्ण कागजपत्र पेश गरेर सेन्सर अनुमति लियो । अन्ततः भारतमा रिलिजको दुई सातापछि भोली शुक्रवारबाट ‘राम सेतु’ नेपालका मल्टीप्लेक्सहरुमा प्रदर्शन हुँदैछ । तर, भारतमै फ्लप भइसकेको र विभिन्न अनलाइन प्लेटफर्ममा पाइरेसी भएर धेरै नेपाली दर्शकले हेरिसकेको यो फिल्मले अब नेपालमा राम्रो कमाई गर्ने सम्भावना अत्यन्त न्यून छ । 
 
१ सय ५० करोडको लागतमा निर्माण भएर भारतीय बजारमा ६३ करोडमा खुम्चिएको यो फिल्मलाई डिसिएनले आलुको भाउमा नेपाल भित्राएको जानकारी प्राप्त छ । त्यसैले पनि डिसिएन नेपालमा ‘राम सेतु’ एक हप्ता ठिकठाकै चले पनि आफ्नो पैसा उठ्नेमा विश्वस्त छ । भारतमा राम्रो प्रदर्शन गर्न नसकेका फिल्म निर्माण कम्पनीले कौडीको भाउमा नेपालका वितरकलाई बेच्ने गरेका छन् ।
 
भोली शुक्रवारबाट ‘राम सेतु’सँगै नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाईं’ पनि प्रदर्शन हुँदैछ । सगरमाथा आसपासका क्षेत्रमा छायांकन भएको यो फिल्मले नेपालमा राम्रो कमाई गर्न सक्ने देखिन्छ । हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर २’ पनि शुक्रवारबाट नेपालमा लाग्दैछ । यी तीन विदेशी फिल्मले गर्दा दुई नेपाली फिल्म ‘के घर के डेरा’ र ‘लाखे’ प्रायः मल्टीप्लेक्सबाट उत्रिएका छन् ।
Most Visited News (monthly)