मिति : २०८१ पौष २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच के भयो छलफल ?

फिल्मीखबर, काठमाडौं, 2022/11/16

bhuwan kc

 

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डका प्रमुखबीच फिल्मको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ । बुधवार पर्यटन बोर्डमा भएको छलफलमा बोर्डका सीइओ धनञ्जय रेग्मी र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँगै वितरक तथा निर्माता सुनिल मानन्धर, चलचित्र विकास बोर्डका सल्लाहकार सदस्य विधान कार्कीलगायतको पनि उपस्थिति रहेको थियो ।

नेपालमा छायांकन हुने हलिउड, बलिउड, साउथ इन्डियनसँगै अन्य विदेशी फिल्मलाई प्रोत्साहन गर्न निर्माण कम्पनीसँग नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डले सिधै सम्बन्ध राख्ने विषयमा छलफल भएको बोर्डका सल्लाहकार कार्कीले जानकारी दिए । फिल्म छायांकनको क्रममा कुनै समस्या आउँदा त्यसलाई समाधान गर्न दुवै बोर्डले पहल गर्ने पनि सहमति भएको उनले बताए ।

नेपालमा ठूलो हिस्सा छायांकन भएर हाल प्रदर्शनरत बलिउड फिल्म ‘उचाईं’को टिमलाई सम्मान गर्ने तयारी पनि पर्यटन बोर्डले गरेको जानकारी प्राप्त छ । नेपालको पर्यटन प्रवर्द्धनमा यो फिल्मले ठूलो भूमिका खेल्ने भन्दै बोर्डले यही शुक्रवार काठमाडौंको सिभिल हलमा एक विशेष शोको समेत आयोजना गर्दैछ । त्यसबेला पर्यटन बोर्डले केही नयाँ कुरा घोषणा गर्न सक्ने बुझिएको छ ।

संसारमा हेर्ने हो भने देशको पर्यटन प्रवर्द्धनमा फिल्मले ठूलो भूमिका खेलेका छन् । नेपाली फिल्मले पनि देशको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको भए पनि राज्यबाट कुनै सहयोग मिल्न सकेको छैन । विदेशी फिल्मलाई नेपालमा छायांकनका लागि लोभ्याउन र नेपाली फिल्मलाई प्रोत्साहन गर्न चलचित्र विकास बोर्ड र पर्यटन बोर्डबीच दीर्घकालिन सहकार्य हुन जरुरी छ ।