मिति : २०८१ पौष २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा विश्वकप देखाए कारवाही गर्ने बोर्डको चेतावनी

फिल्मीखबर, काठमाडौं, 2022/12/09

fifa-world-cup and bhuwan kc

 

शुक्रवारबाट विश्वकपका खेलहरु राजधानीका केही मल्टीप्लेक्स हलले देखाउन लागेकोप्रति फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डले ध्यानाकर्षण भएको जनाएको छ । शुक्रवार बोर्ड अध्यक्ष भुवन केसीले जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र संघलाई बोधार्थ दिँदै काटेको पत्रमा फिल्म प्रदर्शन गर्ने हलमा वर्ल्डकप देखाए नियमानुसार कारवाही गर्ने चेतावनी दिइएको छ ।

 

सबै चलचित्र हलका लागि भनेर काटिएको बोर्डको पत्रमा भनिएको छ, ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तः बमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ । अन्यथा नियमानुसारको कारवाही भैजाने ब्यहोरा जानकारी गराइन्छ ।’

 

bhuwan kc
 

राजधानीका केही मल्टीप्लेक्सहरुले मिडिया हबसँग मिलेर शुक्रबार (आज) देखि विश्वकपको क्वार्टरफाइनलका खेलहरु देखाउन लागेको खबर प्राप्त भएपछि बोर्डले हलहरुलाई पत्राचार गर्दै सचेत गराएको हो । केही हलले फिल्मको शो टाइम जस्तै विश्वकपको पनि शो टाइम खुलाएर टिकट विक्री सुरु गरेका थिए । तर, बोर्डको चेतावनी पत्रपछि अब हलमा विश्वकप हेर्न नपाइने भएको छ ।