मिति : २०८१ पौष १, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

अनुरागको तर्क- ‘पेन इन्डिया फिल्मले बलिउडलाई बर्बाद गर्दैछ’

एजेन्सी, मुम्बई, 2022/12/10

Anurag Kashyap on his journey as an actor-director - Telegraph India

 

साउथ फिल्म ‘बाहुबली’भन्दा अगाडि पेन इन्डिया फिल्मको कन्सेप्ट त टाढाको कुरा, यो शब्दको बारेमा समेत बलिउड अनविज्ञ झैं थियो । तर, यो फिल्मपछि बलिउडको रुपरेखा नै बदलिएको छ । सफलताको भोकले यतिबेला बलिउड पेन इन्डिया फिल्मको पछाडि भागिरहेको छ । जसको नतिजा स्वरुप यतिबेला बलिउडमा संकटको बादल छाएको छ । फिल्महरु चल्न छाडेका छन् ।

बलिउड निर्देशक अनुराग कश्यपले पेन इन्डिया फिल्म बनाउने होडबाजीले बलिउड बर्बाद भएको टिप्पणी गरेका छन् । अहिले बलिउड फिल्म नचल्नुको कारणबारे उनले भनेका छन्, ‘कलाकारहरु पनि अहिले पेन इन्डिया फिल्म नै बढी गरिरहेका छन् । पेन इन्डियाको ट्रेन्ड पछ्याउँदा बलिउड छायाँमा परेको छ र आफैंलाई ध्वस्त गर्न इन्डस्ट्री पेन इन्डिया फिल्मको पछाडि दौडेको छ ।’

मराठी फिल्म ‘सैराट’को सफलता देखेर त्यसको नक्कल उतार्न सुरु गरेपछि इन्डस्ट्रीको उदो गति सुरु भएको अनुरागको तर्क छ । पेन इन्डिया फिल्मबाट बाहिर निस्कनुपर्ने तर्क पेश गर्दै उनले भनेका छन्, ‘पेन इन्डियाको क्रेजले बलिउड आक्रान्त छ । पूरै भारतमा अहिले हर कोही एउटा भएपनि पेन इन्डिया फिल्म बनाउन चाहिरहेको छ । तर, सफलता ५/१० प्रतिशतलाई मात्र हुन्छ ।’

Most Visited News (monthly)