मिति : २०८१ कार्त्तिक ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘फूलबारी’को म्यूजिकल टिजर : दृश्यभन्दा गीत सशक्त

फिल्मीखबर, काठमाडौं, 2022/12/19

BIPIN KARKI and ARUNA KARKI

 

‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक म्यूजिकल टिजरमा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ । विपिन कार्की र अरुणा कार्कीलाई केन्द्रविन्दूमा राखेर तयार पारिएको टिजरमा उनीहरुबीचको बुढ्यौली प्रेम, सन्तानप्रतिको कर्तव्य र दायित्व, पारिवारिक कलहलाई देखाउन खोजिएको छ ।

टिजरको पृष्ठभूमिमा कालीप्रसाद बाँस्कोटाको आवाजमा बज्ने गीतले फिल्मको मर्म बोल्छ । टिजरमा चल्ने दृश्यभन्दा गीत सशक्त छ । फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङ पनि टिजरमा अटेका छन् । फिल्ममा विपिन अर्धवैंशे पुरुषको चरित्रमा प्रस्तुत छन् ।

आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘फूलबारी’लाई यशोधा फिल्मस्ले निर्माण गरेको हो । फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले खिचेका हुन् । मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मणीराम पोखरेल हुन् ।

यस फिल्ममा रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्की, सोफिया राईलगायतको पनि अभिनय छ । अभिभावक र सन्तानबीचको सम्बन्धको कथामा निर्माण भएको फिल्मले प्रायः नेपालीले भोगिरहेकै पारिवारिक कथालाई उठाएको निर्देशक गुरुङले जानकारी दिए । रामबाबु गुरुङको निर्देशन तथा दया-विपिनबीचको सहकार्यले ‘फूलबारी’प्रति दर्शकमा अपेक्षा उच्च छ ।

 

Most Visited News (monthly)