मिति : २०८१ कार्त्तिक ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चि मुसी चि’ ट्रेलर : पात्रमा अदृश्य शक्तिको डर

फिल्मीखबर, काठमाडौं, 2022/12/21

Priyanka, Reeccha, Benisha, Ayushman

 

नेपालमा सबैभन्दा रिक्स जनरा मानिने हररमा आधारित फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट ५२ सेकेन्ड लम्बाईको ट्रेलरमा अदृश्य शक्तिको भयले पात्रहरुमा उत्पन्न डरलाई देखाइएको छ । ट्रेलरमा तर्साउने दृश्यभन्दा थ्रिल र सस्पेन्स पाटो बढी हाबी छ ।

ट्रेलरको अन्तिममा ऋचा शर्माको एउटा मन हुडल्ने संवाद छ, ‘छोराको चाहमा सानो बच्चालाई बलि दिइयो ।’ फिल्मको कथासार यसले प्रस्ट्याएको छ । ट्रेलरमा ब्याकग्राउन्ड म्यूजिक, लाइटिङ, क्यामेरा वर्क र कलाकारको भावभंगीले फिल्मप्रति उत्सुकता र कौतुहलता जगाउँछ । निर्देशक मर्ण जेम्सले भारतको मुम्बईमा घटेको एक वास्तविक घटनामाथि फिल्म बनेको जानकारी दिए ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट, विज्ञ नेपाल र विभुती नेपालको अभिनय रहेको छ । नाम चलेका यी कलाकारलाई एकसाथ पर्दामा हेर्न दर्शकलाई रोचक हुनेछ । फिल्मले नेपालमा हरर तथा थ्रिलर जनराको नयाँ ट्रेन्ड बसाउने निर्माण पक्षको विश्वास छ ।

निर्देशनमा मर्णलाई यश सैनीले सघाएकी छन् । पुष २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा नेपाली र बलिउड प्राविधिकले काम गरेकाले दर्शकले केही फरक र नयाँपन महसुस गर्ने निर्माण टिमको विश्वास छ । फिल्मको निर्माता रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रावर्ती हुन् । उच्च कोटीको हरर फिल्म हेर्ने दर्शकहरुको चाहनालाई ‘चि मुसी चि’ले पूरा गर्ने निर्देशक जेम्सको दाबी छ ।

 

Most Visited News (monthly)