मिति : २०८१ कार्त्तिक ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘डिसेम्बर फल्स’ एकल प्रदर्शनमा, आर्यनको अग्नि परीक्षा

फिल्मीखबर, काठमाडौं, 2022/12/30

December Falls

 

अभिनेता आर्यन सिग्देलको कमब्याक फिल्म ‘डिसेम्बर फल्स’ले शुक्रवार (आज) बाट प्रदर्शन थालनी गरेको छ । एकल प्रदर्शनको दुर्लभ अवसर पाएको यो फिल्मसँग भिडन्त गर्न नेपाली मात्र नभई विदेशी फिल्म पनि छैनन् । दुई हप्ता अगाडिको हलिउड फिल्म ‘अवतार’ र अघिल्लो हप्ताको बलिउड फिल्म ‘सर्कस’ खस्किसकेकाले ‘डिसेम्बर फल्स’लाई सफलता हात पार्ने सुनौलो मौका छ ।

देशभरका मल्टीप्लेक्समा सुखद् शोज पाएको फिल्मले सिंगल थिएटर लगभग अधिकांश कब्जा गरेको छ । रिलिजपूर्व गीत-संगीत, टिजर-ट्रेलरले निर्माण गरेको हाइप, आर्यन सिग्देल र उपासना सिंह ठकुरी जस्ता कलाकारको अभिनय रहेका कारण फिल्मको इनिसियल व्यापार सुखद् हुने प्रक्षेपण गरिएको छ । लगातार असफलता भोगिरहेका आर्यनका लागि यो फिल्म अग्नि परीक्षा हो ।

रामप्रसाद रिजालद्वारा निर्मित फिल्ममा सलोन बस्नेत, नरेश भट्टराई, सुमन थापा, शिशिर राणा, गीता अधिकारी, नागेन्द्र रिजाल, जयना कुँवर, सुमन थापा, सुमिन गुरुङ, किशन सुनुवारलगायतको पनि अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद र राजकुमार भट्ट छन् ।

नेपाली मुलका भारतीय निर्देशक प्रवीण झाद्वारा निर्देशित फिल्ममा महेश आर गुप्ताको छायांकन, विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रविण सिंहको कोरियोग्राफी छ । यस फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले देशभर वितरण गरेको छ ।

Most Visited News (monthly)