मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शाहिद र विजयको ‘फर्जी’ : तयारी फिल्मको, बन्यो वेब सिरिज

एजेन्सी, मुम्बई, 2023/01/14

Shahid Kapoor, Vijay Sethupathi's fiery looks from Prime Video series Farzi  out, know release date | Ott News – India TV

 

बलिउड सुपरस्टार शाहिद कपूरले राज एन्ड डिकेको नामबाट चर्चित राज निदिमोरु र कृष्णा डिकेको क्राइम-थ्रिलर वेब सिरिज ‘फर्जी’बाट ओटीटीमा डेब्यू गर्दैछन् । यसमा उनले पहिलो पटक साउथ सुपरस्टार विजय सेतुपतिसँग स्क्रिन साझेदारी गरेका छन् । शुक्रबार सार्वजनिक ट्रेलरले गज्जबको प्रतिक्रिया पाएको छ । आगामी १० फेब्रअरीमा प्राइभ भिडियोमा यो सिरिज रिलिज हुनेछ ।  

तर, सुरुमा ‘फर्जी’लाई फिचर फिल्म निर्माण गर्ने तयारी गरिएको थियो । राज एन्ड डिके शाहिद कपूर र नवाज़ुद्दीन सिद्दीकीलाई लिएर फिल्म बनाउने तयारीमा थिए । यो सन् २०१४ ताकाको कुरा हो । लगभग ९ वर्षपछि फिल्मको लागि तयारी गरिएको ‘फर्जी’ वेब सिरिजमा बदलिएको छ । वेब सिरिज बन्ने भएपछि नवाज़ुद्दीनलाई रिप्लेस गर्दै निर्माण टिमले विजय सेतुपतिलाई लिएको हो ।

ट्रेलर रिलिज कार्यक्रममा कृष्णाले भने, ‘राज, म, लेखक सीता मेनन र सुमन कुमारले ८ वर्ष पहिला ‘फर्जी’को परिकल्पना गरेका थियौं । यो एक फिचर फिल्म बनाउने हाम्रो तयारी थियो । तर, केही वर्षपछि यसलाई फिल्म नभइ वेब सिरिजमा बदल्ने निर्णय गरौं । यो लामो यात्रा थियो ।’ राज एन्ड डिकेले यसअघि ब्लकबस्टर वेब सिरिज ‘फेमिली म्यान’को दुईवटा श्रृंखला बनाइसकेका छन् ।

त्यस्तै, शाहिदले ‘फर्जी’को कहानी एउटा मात्र फिल्ममा फिट हुन नसक्ने भएकाले वेब सिरिज बनाइएको प्रष्ट्याए । यसमा फिल्म बनेको भए न्याय गर्न नसकिने उनको जिकिर छ । उनी भन्छन्, ‘हामीसँग पहिलो सिरिज अढाई फिल्मको बराबर छ । यदि यो रुचाइयो भने हामी अर्को दुईटा अढाई/अढाई फिल्म बराबरको सिरिज बनाउँछौं ।’ ओटीटी डेब्यूलाई लिएर उनी उत्साहित छन् ।