मिति : २०८१ आश्विन ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रसाद २’को सुटिङ प्याकअप, नयाँ वर्षलाई रिलिज घोषणा

फिल्मीखबर, काठमाडौं, 2023/01/14

prasad

 

सुदर्शन थापाले क्याप्टेनसिप सम्हालेको फिल्म ‘प्रसाद २’को सुटिङ प्याकअप भएको छ । मंसिर २९ गते माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ गाउँबाट सुरु भएको छायांकन ३१ दिनमा सकिएको हो । शनिबार ल्वाङ गाउँमै फिल्मको अन्तिम सिन खिचियो । सम्पूर्ण छायांकन सकिएसँगै फिल्मको आगामी नयाँ वर्ष अर्थात् २०८० सालको बैशाख १ गतेलाई प्रदर्शन मिति समेत पक्का गरिएको छ ।

एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा सुदर्शन बस्नेतको लगानी छ । फिल्मका कार्यकारी निर्माता सुवास थापा हुन् । फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् भने अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणी नेपाल, विशाल पहाडी, निमा पाण्डे लगायतको पनि अभिनय छ । राजेश श्रेष्ठले फिल्म छायांकन गरेका हुन् ।

राजनराज सिवाकोटीको संगीत रहेको फिल्मको कथा सुशील पौडेलले लेखेका हुन् । ‘प्रसाद २’, २०७५ सालमा प्रदर्शित ‘प्रसाद’को सिक्वेल हो । तर, सिक्वेलमा अघिल्लो पार्टका कलाकारमध्ये विपिन मात्र दोहोरिएका छन् । अभिनेत्री नम्रता श्रेष्ठले अन्तिम समयमा हात झिक्दा फिल्ममा केकी भित्रिएकी थिइन् । जसले गर्दा ‘प्रसाद २’को कथा कसरी अगाडि बढेको छ भन्ने कौतुहलता धेरैमा छ ।