मिति : २०८१ आश्विन २६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पशुपति प्रसाद’लाई दुहुनो गाईं सोचेका छैनौं : दीपेन्द्र

फिल्मीखबर, काठमाडौं, 2023/01/30

Dipendra K Khanal

 

नेपालमा सिक्वेल फिल्मप्रति मेकर र दर्शक दुवैको विश्वास अडिएको छ । यसैले पछिल्लो समय नयाँ नाममा भन्दा सिक्वेल फिल्म बढी बनिरहेका छन् । तर, प्रायः सिक्वेल ब्याज खाने हिसाबले निर्माण भएको देखिन्छ । न अघिल्लो कथासँग कनेक्सन हुन्छ न त पात्रको निरन्तरता । व्यवसायिक हिसाबले सिक्वेल बनिरहेका छन् । अझ भनौं हिट फिल्मको नामलाई दुहुनो गाईं बनाइएको छ ।

सिक्वेल फिल्मको बाढीमा अब ‘पशुपति प्रसाद’ पनि मिसिएको छ । २०७३ सालको यो फिल्म व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल ठहरिएको थियो । अब यो माइलस्टोन फिल्मको चरित्र केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’ निर्माण हुने भएको छ । ‘पशुपति प्रसाद’मा अभिनेता विपिन कार्कीले निभाएको चर्चित पात्र भष्मे डनसँग सिक्वेलको कथा बुनिएको जानकारी प्राप्त छ ।

आइतबार फिल्मको घोषणा सभामा ‘पशुपति प्रसाद’लाई दुहुनो गाईं बनाउन खोजिएको हो भन्ने पत्रकारको प्रश्नमा निर्देशक दीपेन्द्र के. खनालले भने, ‘हामीले यसलाई दुहुनो गाईं भनेर सोचेको भए ७ वर्ष कुर्नु पर्दैन थियो होला । ७ वर्ष हामीले स्क्रिप्टमा मिहिनेत गरेका छौं । हामी दर्शकप्रति जिम्मेवार हुनुपर्छ । दुहुने भन्दैमा जसरी नि दोहेर हुँदैन । हामीले हतार गरेर दुहुन खोजेका होइनौं ।’

७ वर्षको अवधिमा भष्मे डनमा आएको परिवर्तन फिल्ममा देख्न पाइने उनको भनाई छ । ‘उसमा निकै रोचक परिवर्तन आएको छ जस्तो स्क्रिप्टमा देखिन्छ । फेरि एकपटक भष्मे डन पर्दामा आउँदा उसले सँगसँगै ल्याउने कुराहरु पनि निकै रोचक हुनेछन्,’ उनी सुनिए । सिक्वेललाई अर्थपूर्ण र न्यायचित हिसाबले कसरी देखाउने भन्ने कुरामा आफूहरुले धेरै वर्कआउट गरेको उनी बताउँछन् ।