मिति : २०८१ कार्त्तिक ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

शोभितलाई पूजा प्यारो, साम्राज्ञी आँखाको तारो

फिल्मीखबर, काठमाडौं, 2023/02/07

Samragyee R L Shah and shovit basnet

 

विवादको पर्यायवाची नाम हो, निर्देशक शोभित बस्नेत । हप्ता वा महिना दिनमा उनको बारेमा विवाद भएन भने सम्भवतः उनलाई नै छटपटी हुन्छ । कहिले ‘महानायक’को विषय उछालेर होस् त कहिले कलाकारको आलोचना गरेर होस्, उनी विवादमा आउन कुनै न कुनै उपाय निकालिहाल्छन् । नजिकका व्यक्तिको तारिफ र मन नपर्ने मान्छेको गाली गरेर पनि उनी कहिल्यै अघाउँदैनन् ।

केही वर्षयता उनले मुक्तकण्ठले तारिफ गर्नेमा अभिनेत्री पूजा शर्मा पर्छिन् । पूजालाई उनले घरको सदस्य समेत भन्ने गरेका छन् । यसैले उनको बारेमा केही नराम्रो कुरा आयो भने शोभित बचाउमा उत्रिहाल्छन् । र, यतिबेला उनको आँखाको तारो यदि कोही बनेको छ भने त्यो अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह हुन् । साम्राज्ञीलाई नराम्रो देखाउन र भन्न उनले कुनै कसर छाडेका छैनन् ।

फिल्म ‘तिम्रो मेरो साथ’ प्रदर्शन भैरहँदा उनले साम्राज्ञीप्रति लक्षित गर्दै फेसबुकमा लेखेका थिए, ‘हाम्रा हिरोइनहरु १८ लाख लिन्छन् तर देशभर ८ शो पनि हाउसफुल गर्न सक्दैनन् ।’ साम्राज्ञीको नयाँ फिल्म ‘ह्यारी कि प्यारी’ले पनि दर्शक नपाएपछि शोभितले फेरि उनलाई निशाना बनाउँदै दुई दिन पनि हलमा एक शो भर्न नसक्ने हो भने १ लाख ८० हजार पारिश्रमिक लिए हुने बताएका छन् ।

साम्राज्ञी र भुवन केसीबीच एक घटनालाई लिएर भएको विवादमा शोभित बस्नेतले भुवनको पक्ष लिँदै विरगञ्जमा रिक्सा चढेर हिँड्ने मान्छेलाई भुवन केसीले कार चढेर हिँड्ने बनाएको भन्दै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका थिए । त्यसको जवाफमा साम्राज्ञीले बस्नेतलाई आफूले नचिन्ने बताएकी थिइन् । त्योबेलादेखि साम्राज्ञीलाई कसरी हुन्छ नराम्रो देखाउने उनको एउटै उद्देश्य बनेको छ ।

तर, सिसाको घरमा बस्नेले अरुको घरमा ढुंगा हान्नु हुँदैन । शोभितलाई फिल्म क्षेत्रले स्थापित गरेको हो । उनका छोरालाई फिल्मले चिनाएको हो । आज अरु कलाकारलाई नराम्रो भनिरहँदा भोलि आफू र आफ्नो सन्तानमाथि प्रश्न उठ्न सक्छ भन्ने हेक्का शोभितले राख्न जरुरी छ । एउटै क्षेत्रमा भएपछि साथ र सहयोगको भावना हुनुपर्छ । एकअर्काको खुट्टा तान्नु आत्मरतीमा रमाउनु मात्र हो ।

Most Visited News (monthly)